सिड्नीमा मापसे-ड्राइभिङको चर्को मूल्य: ५६१ डलर जरिवाना, ३ महिना लाइसेन्स निलम्बन

अष्ट्रेलियाको सिड्नी रहेको न्यु साउथ वेल्समा मापसे (मादक पदार्थ सेवन) गरी गाडी चलाउन महंगो पर्ने भएको छ। त्यहाँको राज्य सरकारले मादक पदार्थ सेवन गरी गाडी चलाउनेलाई पाँचसय ६१ डलर जरिवाना र तीन महिना सवारी चालक अनुमतिपत्र नै निलम्बन गर्ने भएको छ।

खासगरी सिड्नीमा मापसे गरेर गाडी चलाउँनेको संख्यासँगै दुर्घटनाको संख्या अत्याधिक मात्रामा बढेपछि त्यहाँको सरकारले यस्तो नियम ल्याएको हो।यो नियम मे २० देखि लागु हुने बताइएको छ। 

मादक पदार्थ सेवन गरेको छ छैन भन्ने पत्ता लगाउने ब्रेथ टेस्ट अस्वीकार गर्ने सवारी चालक पनि कारबाहीमा पर्नेछन्। 

न्यु साउथ वेल्स राज्य सरकारका एक प्रहरी अधिकारीका अनुसार यो नियम पहिलोपटक उलंघन गर्नेलाई पनि लाग्ने छ। 

सन् २०२१ सम्ममा कम्तिमा पनि ३० प्रतिशत सडक दुर्घटना कम गर्ने रोड सेफ्टी प्लान २०२१ अन्तर्गत यो नयाँ नियम लागु गरिएको बताइएको छ। 

 

 

प्रकाशित मिति: : 2019-05-14 04:33:22

प्रतिकृया दिनुहोस्