बिना सहमति यौनसम्पर्क गरेर अमेरिका भागेका नेपाली युवकलाई ल्याइयो सिड्नी

अमेरिकाको न्युयोर्कबाट एक नेपाली युवालाई पक्राउ गरी अष्ट्रेलियाको सिड्नी ल्याइएको छ।पक्राउ पर्ने ३५ वर्षीय बलराम शिव नेपालबाट पर्यटन भिसामा अस्ट्रेलिया घुम्न आएको बताइएको छ।

बलराममाथि सिड्नीमा एक महिलासँग बिना सहमति यौन सम्पर्क गरी अमेरिका भागेको आरोप लागेको छ।प्रहरीका अनुसार उनले सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा २१ वर्षीय स्थानीय महिलामाथि यौन हमला गरेका थिएर

युवतीले दिएको उजुरीको आधारमा बलरामको खोजी गर्ने क्रममा उनी अमेरिकामा रहेको पत्ता लागेको थियो। 

अष्ट्रेलिया र अमेरिकाबीच सुपुर्दगी सन्धि भएकाले न्यु साउथ वेल्स प्रहरीले बलरामविरूद्ध पक्राउ पुर्जी जारी गरी अमेरिकी प्रहरीलाई दियो। 

त्यही पक्राउ पुर्जीका आधारमा अमेरिकाको न्युयोर्क प्रहरीले पक्राउ गरी उनलाई अष्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीलाई जिम्मा लगाएको हो।

सिड्नीमा प्रहरी हिरासतमा रहेका बलरामलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने बताइएको छ।

 

प्रकाशित मिति: : 2019-05-06 08:51:30

प्रतिकृया दिनुहोस्