एनआरएन अमेरिकालाई पछि पार्दै एनआरएन अष्ट्रेलिया बन्यो- 'एनआरएन रोल नम्बर १'

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया सदस्य संख्याको हिसावले विश्वकै नम्बर १ एनआरएन हुने सम्भावना बढेको छ। ११ हजार आठसय १८ जनाले सदस्यका लागि सशुल्क आवेदन दिएपछि यो सम्भावना बढेको हो। सातहजार ६६ जनाको सदस्यता पक्का भैसकेको छ भने अन्यको प्रक्रियामा रहेको छ। केही संख्याले सदस्यता नपाए पनि अब अष्ट्रेलियालाई एनआरएनको रोल नम्बर १ हुन अब केहीले पनि रोक्ने छैन।

एनआरएन अमेरिकाको सदस्य संख्या यसअघि १६ हजार आठ सय ८१ सम्म पुगेर रोल नम्बर १ भएको थियो। तर, यसपटक सदस्य संख्यामा ठुलो गिरावट आएर सदस्य संख्या नौहजार दुई सय १८ मा सिमीत भएको छ। यो सदस्य संख्यासँगै अमेरिका एनआरएन रोल नम्बर २ मा झरेको छ। 

एनआरएन अमेरिका अनेकौ कारणले विवादमा छ। यही विवादित छविका कारण संसारमै धेरै एनआरएन भए पनि एनआरएन अमेरिकाको सदस्यता लिनेको संख्या १ प्रतिशत पनि छैन। एनआरएन अमेरिकाले नै गरेको एक अध्ययनले अमेरिकामा तीनलाख ५० हजार नेपाली रहेको देखाएको थियो।

 

 

 

प्रकाशित मिति: : 2019-05-01 05:47:54

प्रतिकृया दिनुहोस्