विकिलिक्सका संस्थापक जुलियन असान्ज अदालतमा उपस्थित हुने भएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयका गोप्य सूचना सार्वजनिक गराएपछि मुद्दा खेपेका ४८ वर्षीय अष्ट्रेलियन जुलियनलेलाई लण्डनस्थित ‘वेस्टमिनिस्टर्स म्याजिस्ट्रेट्स कोर्ट’मा सुनुवाइका लागि उपस्थित गराइने भएको हो ।
जुलियनले पूर्व सैनिक गुप्तचर विश्लेषक चेल्सी म्यानिङसँग मिलेर सरकारी कम्प्युटरको पासवर्ड चोरेको अमेरिकी अधिकारीहरुको आरोप छ ।जुलियन ६ वर्ष लामो निर्वासनपछि हाल बेलायतमा जेल जीवन बिताइरहेका छन् ।