प्रधानमन्त्री के पी शर्मा ओलीले सगरमाथामा देखिएको भिँड हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् । बेलायत भ्रमणका क्रममा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले यसलाई प्रोपोगण्डा मात्र भएको बताउँदै हल्ला गरिएअनुसार जटिल परिस्थिति नभएको बताए । उनले अगाडि थपे- 'हामीले ३८१ जनालाई मात्र अनुमति दिएका हौं, त्यो धेरै हैन ।'
अर्को एक प्रश्नको उत्तरमा आरोहणमा देखिएका केही समस्या समाधान गर्न नेपालले आरोहणसम्बन्धी नियमावलीमा आवश्यक परिवर्तन गरिरहेका बताए ।
बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) का बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक विषय किनारा लागेर विकास निर्माणको युग सुरू भएकाले लगानी आवश्यक रहेको बताए । त्यही क्रममा उनले अगाडि भने- हामी वैदेशिक लगानीका लागि आव्हान गर्छौं । तर हामी हाम्रो आवश्यकता र प्राथमिकताा आधारमा मात्र ऋण स्विकार गर्छौं । हामी यतिकै हल्कारूपमा ऋण लिदैनौं ।'
श्रीलंका चिनीया ऋणमा डुबेको सन्दर्भसँग जोडेर सोधिएको अर्को एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले भने- 'हामी अन्य मुलुकको अनुभवका बारेमा कुरा गर्न चाहन्नौं । तर हाम्रो अनुभवका आधारमा म यो भन्न सक्छु कि हामी यी सबै कुराको व्यवस्थापन गर्न सक्छौं ।'
विस्तृत कुराकानी समेटिएको भिडिओ यहाँ हेर्नुहोस्।
https://www.bbc.com/nepali/news-48608623