लन्डनबाट जर्मनीका लागि उडेको विमान स्कटल्याण्डमा किन अवतरण?

एजेन्सी

लन्डनबाट जर्मनीको लागि उडेको बिमान सोमबार उडान तालिकामा ‘एयर ट्राफिक कन्ट्रोलबाट’ त्रूटी हुँदा अकस्मात स्कटल्याण्डको राजधानी एडिनबरा विमानस्थलमा अवतरण भएको छ। 

ब्रिटिस एयरवेजको उक्त विमान सोमबार बिहान लन्डनसिटि एयरपोर्टबाट जर्मनीको डुसोडफ विमानस्थलबाट उडेको थियो। तर, चालकदलका सदस्यलाई प्राप्त उडान तालिका भुलबस एडिनबरा विमानस्थलको प्राप्त भए पछि चालकले  विमान जर्मनीको साटो स्कटल्याण्ड लगेको थियो।

उक्त फ्लाइट जर्मन कम्पनी डब्ल्युडीयफले ब्रिटिश एयरवेजको  लागि ‘एयर ट्राफिक कन्ट्रोलको काम गरेको थियो र उसले  उडान तालिका प्रदान गरेको थियो ।

विमानमा १४६ यात्री सवार

जब यात्रीहरूमा हल्ला मच्चियो, तबमात्र विमानचालकले बिमान गलत ठाउँमा उडेको अन्दाज पाए।

एक जना यात्री सोफिया जबोले भनिन,‘जब विमान अवतरण गर्ने क्रममा थियो, मैले झ्यालबाट नौलो दृश्यहरू अनुभव गरेँ, जुन जर्मनीको विमानस्थलको थिएन। त्यहाँ मैले अग्लो अग्लो पहाडहरू देखेँ। उक्त कुरा डुसोडफ  विमानस्थलमा हुने कुरै थिएन। म अचम्म परेँ र सँगै रहेको साथीलाई उक्त कुरा बताएँ। ऊ पनि छक्क पर्‍यो। त्यसपछि, विमानमा भनियो, एडिनबरा विमानस्थलमा यहाँहरू सबैलाई स्वागत छ,’ त्यसपछि सम्पूर्ण यात्रीहरु अलमल्लमा परे। सबै यात्रुहरु हल्ला गर्न थाले। 

त्यसपछि पाइलटले तत्कालै माफी माग्दै भने, ‘आफूहरूबाट भएको भुलको जानकारी दिए। र तत्कालै   यात्रुलाई  जर्मनी नै पुर्‍याउने आश्वासनसमेत दिए। त्यहाँको वातावरण हाँसोलाग्दोसमेत बनेको थियो ।

फेरि विमान एडिनबरा विमानस्थलबाट जर्मनीको सोडफ  विमानस्थलमा निर्धारित समयभन्दा झन्डै ३ घण्टा ढिला गरि अवतरण गराइएको थियो। 

ब्रिटिस एयरवेजले तत्कालै जर्मन कम्पनि ‘डब्ल्यूडीयफ’ माथि गल्ति हुनको कारणको बारेमा छानबिन गर्ने भएको छ।

साथै सम्पूर्ण यात्रीप्रति पर्न गएको असुविधामा माफीसमेत मागेको छ्।

प्रकाशित मिति: : 2019-03-26 18:18:40

प्रतिकृया दिनुहोस्