इरानद्वारा विदेशी ट्याङ्कर कब्जा : खाडीको शान्तिमाथि कालो बादल

खाडीको स्ट्रेट अफ होर्मुजस्थित लाराक टापुमा गस्ती गर्दै इरानको रिभोल्युसनरी गार्ड्स । तस्बिर : एएफपी

खाडीमा इरान र अमेरकी पक्षधर पश्चिमी शक्तिराष्ट्रबीचको दुश्मनी अरू बढ्ने भएको छ ।  

इरानको खाडीमा दश लाख लिटर तेल तस्करी गरेको आरोपमा एक विदेशी तेल ट्याङ्कर कब्जामा लिएपछि तनाव अरू चुलिएको हो ।

इरानको रिभोल्युसनरी गार्ड्सले स्ट्रेट अफ होर्मुजमा रहेको लाराक टापुको दक्षिणमा गत आईतवार उक्त ट्याङ्कर कब्जामा लिइएको इरानी समाचार संस्था इर्नाले जनाएको छ । 

ट्याङ्कर कुन देशको  हो ?, त्यो भने खुलाइएको छैन । तर, ब्रिटेनले इरानी पानीजहाजहरूले आफ्नो एक ट्याङ्करलाई खाडीमा अवरोध गर्ने प्रयास गरेको जनाएलगत्तै यस्तो समाचार सार्वजनिक भएकाले त्यो ट्यांकर बेलायतकै हुनसक्ने अनुमान गरिएको छ । 

बेलायतले केही समय पहिले जिब्राल्टरको तट पारि एउटा इरानी ट्याङ्करलाई कब्जा गरेयता इरान बेलायतबीच तनाव बढिरहेको छ ।  

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट हात झिकेर तेहरानमाथि कडा प्रतिबन्ध लगाए यता खाडी क्षेत्रमा तनाव बढिरहेको छ। 

प्रकाशित मिति: : 2019-07-18 22:21:47

प्रतिकृया दिनुहोस्