जापानको क्योटो एनिमेसनमा पेट्रोल छर्केर आगजनी : ३३ को मृत्यु, दर्जनोै घाइते

विश्वप्रसिद्ध जापानी एनिमेसन स्टुडियो क्योटो एनिमेसनमा आगजनी । तस्बिर : रोयटर्स

विश्वप्रसिद्ध जापानी एनिमेसन स्टुडियो क्योटो एनिमेसनको एक भवनमा गरिएको आगजनीमा कम्तीमा पनि ३३ जनाको मृत्यु भएको छ । ठुलो संख्यामा मानिसहरू घाइते भएकाले मर्नेको संख्या अरू बढ्ने बताइएको छ ।

जापानी प्रसारक एनएचकेका अनुसार नियोजित रूपमा आगजनी गर्ने एक ४१ वर्षीष संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ । उनको जलेको अवस्थामा स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

क्योटो एनिमेशन को' तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे  प्रवेश गरेको संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको थियो । उसले आगो लगाउनुअघि 'अब तिमीहरू मर' भनेको बताइएको छ ।

उसको ब्याकप्याकबाट ठूलो संखयामा चक्कुहरू बरामद गरिएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

सन्दिग्ध व्यक्तिको स्टुडियोसँग कस्तो सम्बन्ध थियो र उसले किन त्यस्तो घटना घटाएको हो भन्ने बारेमा स्पष्ट भइसकेको छैन।

यसैबीच यो अप्रत्यासित घटनालाई लिएर सिंगो जापान स्तब्ध भएको छ सर्वत्र रोष प्रकट गरिएको छ । 

जापानी प्रधानमन्त्री शिन्जो आबेले घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।उनले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

सन् १९८१ मा स्थापना भएको क्योटो एनिमेशनले  "के-अन" र "द मेलन्कली अफ हारुही सुजुमिया" जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ।

प्रकाशित मिति: : 2019-07-18 22:03:48

प्रतिकृया दिनुहोस्