बाढी पहिरोले मर्नेको संख्या ४८ नाघ्यो, प्रदेश–१ सबैभन्दा बढी प्रभावित, राजधानीमा ३ को मृत्यु

बिएल

बाढी पहिरोका कारण नेपालमा मर्नेको संख्या ४८ नाघेको छ। गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको साढे नौ बजेसम्मको रिपोर्टमा २७ पुरुष र २१ महिलाले ज्यान गुमाएका छन्।

बाढीका कारण घाइतेको संख्या २५ पुगेको छ भने अझै ३५ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ। सुरक्षाकर्मीले हालसम्म ११ सय ४ जनाको उद्धार गरिसकेका छन्।

बाढीका कारण सबैभन्दा बढी प्रदेश नम्बर १ प्रभावित बनेको छ। प्रदेश १ मा १७ जनाले ज्यान गुमाएका छन्। जसमा १० पुरुष र ७ महिला रहेका छन्।

यसपछि प्रदेश नम्बर ३ सबैभन्दा बढी प्रभावित भएको छ। प्रदेश नम्बर ३ मा १२ जनाले ज्यान गुमाएका छन्। प्रदेश नम्बर ३ मा महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। यहाँ ८ महिलाले ज्यान गुमाएका छन्। ४ पुरुषको पनि निधन भएको छ।

काठमाडौं उपत्यकामा पनि मर्नेको संख्या ८ पुगेको छ। ललितपुरमा सर्वाधिक ५ जनाले ज्यान गुमाएका छन्। राजधानी काठमाडौंमा ३ जनाको ज्यान गइसकेको छ। उपत्यकामा ५ पुरुष र ३ महिलाको ज्यान गएको छ।

प्रदेश नम्बर २ मा ७ जनाले ज्यान गुमाएका छन्। जसमा पुरुषको संख्या ५ छ भने महिला ३ जनाको निधन भएको छ।
प्रदेश नम्बर ६ र कर्णाली प्रदेशमा पनि २–२ जनाले ज्यान गुमाएका छन्।

प्रदेश नम्बर १ को स्थिति

बाढी पहिलोका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश नम्बर १ को भोजपुरमा ५ जनाले ज्यान गुमाएका छन्। यसपछि ओखलढुंगामा ४ जनाको ज्यान गएको छ। ज्यान गुमाउने सबै महिला रहेका छन्।

यस्तै, खोटाङमा तीन र झापामा २ जनाको निधन भएको छ। इलाम, उदयपुर र सुनसरीमा १–१ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2019-07-14 11:29:55

प्रतिकृया दिनुहोस्