सडक दुर्घटनामा परी मलेशियामा २ नेपालीको मृत्यु

तस्बिरः एजेन्सी

कञ्चनपुर । सडक दुर्घटनामा परेर मलेशियामा दुई नेपालीको मृत्यु भएको छ।

मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा शुक्रबार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहालको मृत्यु भएको हो।

मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ।  मृतकद्वयको शव नेपाल ल्याउन पहल भइरहेको छ।

 

प्रकाशित मिति: : 2019-07-14 10:05:18

प्रतिकृया दिनुहोस्