बहराइनका लागि नेपाली राजदूत सुन्दासद्वारा पत्र हस्तान्तरण

तस्बिरः एजेन्सी

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रिप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनलसँग नेपालको पर्यटन विकासबारे छलफल गरेका छन्।

दई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सङ्घीय संसद् सचिवालयबाट पठाइएको नेपालतर्फको प्रस्तावित सांसदको नामावलीसहितको पत्र हस्तान्तरण गर्ने क्रममा बुधबार नेपालमा महिलाको नेतृत्व र विकासका सम्बन्धमा एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

दुई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपसमेत निर्माण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सोही अवसरमा रिप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराइन सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताए।

उनले नेपाल र बहराइनबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताए। भेटका क्रममा काउन्सिल अफ रिप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2019-07-11 09:24:21

प्रतिकृया दिनुहोस्