अमेरिकी राष्ट्रपति ट्रम्पले पठाए किमलाई निम्तो : होला त भेट ?

राष्ट्रपति ट्रम्पको निम्तो उत्तर कोरियाली नेता किमलाई । तस्बिर : एजेनसी/ब्रेक एन लिंक्स ग्राफिक्स

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् उत्तर कोरियाली नेता किम जङ-अनलाई उत्तर र दक्षिण कोरियाबीचको सीमामा भेट्न आमन्त्रण गरेका छन्।

जापानमा जी-२० समूहको शिखर सम्मेलनपछि दक्षिण कोरियाको भ्रमणमा आउने पूर्वसन्ध्यामा उनले यस्तो अप्रत्यासित ट्विट गरेका हुन् । 

दुईदिने भ्रमणका क्रममा सोलमा रहँदा राष्ट्रपति ट्रम्पले प्रगति शून्यजस्तै भइरहेको उत्तर कोरियासँगको परमाणुनिरस्त्रीकरण वार्तालाई अघि बढाउने उपायबारे छलफल गर्ने बताइएको छ । 

उनीहरूबीच सिमामा भेट हुन्छ हुदैन, त्यो बेग्लै कुरा हो । तर, ट्रम्पले गरेको यो ट्विटले तरङग ल्याएको छ । 

 

यसैबीच दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले किमसँगको भेटबारे पुष्टि नभइसकेको जनाउँदै आफूले वार्ता होस् भन्ने चाहेको जनाएको छ । 

सन् २०१७ को नोभेम्बरमा ट्रम्पले दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सीमाको आकस्मिक भ्रमण गर्ने प्रयास गरेका थिए। तर खराब मौसमका कारण उनी त्यो योजना परित्याग गर्न बाध्य भए।

Presentational white space

 

प्रकाशित मिति: : 2019-06-29 20:47:09

प्रतिकृया दिनुहोस्