शिव सेनाका कारण तातिएकाे भारतकाे राजनीति

Agency

अस्सी र नब्बेको दशकको सुरुवातमा एउटा भनाई निकै चर्चित थियो– भारतको राजधानी नयाँ दिल्ली हो। तर, भारतको शाषनसत्ता मुम्बईको मातोश्री बंगलाबाट चल्छ। र, त्यो बंगलाको मालिक थिए, शिव सेना प्रमुख बाल केशव ठाकरे अर्थात् बालासाहेब ठाकरे।

सन् १९७५ मा इन्दिरा गान्धीले आपतकाल लागु गरेपछि भारतका सबै राजनीतिक पार्टीहरू विरोधमा उत्रिए। तर, इन्दिरालाई सहयोग गर्ने एक मात्र पार्टी थियो, शिव सेना।

भारतीय राजनीतिमा गान्धी परिवार सबैभन्दा ‘पावरफूल’ मानिन्छ। र, यो परिवारको सबैभन्दा बलियो प्रधानमन्त्री इन्दिरा गान्धी आपतकालपछि आफ्नो शाषनसत्ता टिकाउन जसरी बेलाबेलामा मातोश्री बंगला धाउने गर्थिन, भारतीय राजनीतिमा अहिले ठ्याक्कै त्यही परिदृश्य देखा परिरहेको छ।

बालासाहेब ठाकरेले कहिल्यै चुनाव लडेनन्। न उनको छोरा उद्दवले नै लडे। तर, बालासाहेबका नाति आदित्य ठाकरेको राजनीतिमा होमिने निर्णयसँगै अहिले भारतीय राजनीति, विशेषत महाराष्ट्रलाई लिएर तातिएको छ।

राजनीति छोडेर उद्यमी बनेका युवा (भिडियाेसहित)

आदित्यले भारी मतले चुनाव जितिसकेका छन् र उनलाई मुख्यमन्त्री बनाउन शिव सेनाले आफ्नो रणनीतिक चालबाजी सुरु गरिसकेको छ।

कुनै बेला बालासाहेब मुम्बईको एउटा घरमा बसेर भारतीय राजनीतिको गोटी चाल्थे। अहिले उनका छोरानाती केही क्षीण भएको शिव सेनाको त्यही पुरानो शाखलाई पुनर्ताजगी गर्ने अभियानमा जुटेका छन्।

केही दिनअघि मात्र महाराष्ट्रमा सम्पन्न भएको बिधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र शिव सेनाको गठबन्धनले सरकार बनाउने स्पष्ट बहुमत पाएको थियो।

तर, गठबन्धनमा रहेका पार्टीबीच सत्ताको नेतृत्व गर्ने बिषयलाई लिएर किचलो सुरु भएपछि महाराष्ट्रले अहिलेसम्म नयाँ मुख्यमन्त्री पाउन सकेको छैन।

मुख्यमन्त्री पदमा भाजपा र शिव सेनाको आ–आफ्नै दाबी छ। यसै कारण शिव सेनालाई मख्ख पार्न कांग्रेस आइ र राष्ट्रवादी कांग्रेस पार्टीले भाजपा लक्षित आलोचना सुरु गरिसकेका छन्। अघिल्लो सरकारमा भाजपाको नेतृत्वलाई शिव सेनाले समर्थन गरेको थियो। भाजपाको तर्फबाट देवेन्द्र फडणवीस मुख्यमन्त्री बने।

निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

महाराष्ट्रको इतिहासमा पुरा कार्यकाल सरकार चलाउने मुख्यमन्त्रीको संख्या निकै कम छ। फडणवीसले पुरा कार्यकाल सरकार मात्रै चलाएनन्, महाराष्ट्रलाई नयाँ उर्जा दिएको चर्चा पनि बटुले। उनको कार्यकाल सुखद नै भएको मान्न सकिन्छ। भाजपा यति बेला आफूले पाएको मतसँगै फडणवीसको लोकप्रियता पनि स्थापित गर्न चाहन्छ।

यसै कारण भाजपा मुख्यमन्त्रीको बार्गेनिङमा पछि हट्ने दाउमा देखिदैन। प्रतिपक्षमा बस्न ठिक्क परेका कांग्रेस आइ र राष्ट्रवादी कांग्रेस पार्टीको दौडधुप र भेटघाट केही दिन यता बाक्लिएको छ। राष्ट्रवादी कांग्रेस पार्टीका नेता शरद पवारले भाजपा–शिव सेनाको दुरी बढाउने मन्तब्य दिइरहेका छन्। उनले दैनिकजसो पत्रकारमार्फत यसपटक शिव सेनाले सरकारको नेतृत्व पाउनुपर्ने माग गरिरहेका छन्।

सिसापाङमाको टुप्पोबाट निर्मलले भने– आमा मिशन पुरा भयो- म जीवित छु

शनिवार मात्रै कांग्रेस आइका एकजना बिधायकले शिव सेनालाई समर्थन गर्न कांग्रेस प्रमुख सोनिया गान्धीलाई पत्र लेखेको बिषयले मुम्बईको राजनीति यति बेला तातिएको छ। महाराष्ट्रमा शिव सेनाको शक्ति सत्ताकै वरिपरि रहेपनि बिगत जस्तो गर्विलो देखिदैन। एक जमाना थियो, जहाँ शिव सेनाका संस्थापक प्रमुख बालसाहेब ठाकरेको एकै बोलीले मुम्बईमा लाखाैकाे संख्यामा शिव सैनिक मैदानमा तैनाथ हुन्थे।

महाराष्ट्रमा ठाकरेलाई प्रसिद्ध राजनीतिज्ञका रुपमा चिन्ने गरिन्थ्यो। उनले १९ जुन १९६६ मा शक्तिशाली हिन्दू राष्ट्रवादी पार्टीको गठन गरेका थिए, जसलाई शिव सेनाको रुपमा चिन्ने गरिन्छ। ठाकरेलाई उनका अनुयायी हिन्दुहृदय सम्राट भन्ने गर्दछन्। पत्रकारिताबाट सुरुभएको ठाकरेको जीवन कालान्तरमा महाराष्ट्रको सर्बशक्तिमान राजनेतासम्म पुग्यो।

शिव सेनाको ओरालो यात्रा

बाल ठाकरेको राजनीति विशेषत परिवार र मुम्बई वरिपरि नै केन्द्रित भएको धेरै मराठीको बुझाइ छ। उनले आफ्नाे जीवनकाे उत्तरार्द्धमा छोरा उद्धव ठाकरेलाई थप महत्व दिन थालेपछि शिव सेनाको ओरालो यात्रा सुरु भएको भन्नेकाे जमात पनि मुम्बईमा प्रसस्तै पाइन्छन्।  

कर्णालीका खेलाडी: सरकारले हेप्यो, फाफरले खेल्ने इच्छा जगायाे (भिडियाेसहित)

उनले छोरालाई राजनीतिका लागि अगाडी बढाएपछि भतिजा राज ठाकरे रिसाएका थिए र कुनै बेला बाल ठाकरेको छायाँ भएर उभिने राजले पार्टी परित्याग गरेका थिए।

शिव सेनामा राजको पकड बलियाे थियो। तर, पार्टीमा स्थान पाउने सम्भावना कम देखेपछि उनले महाराष्ट्र नवनिर्माण सेनाकाे नाममा अलग्यै पार्टी खाेले र मातोश्री बंगला छोड्ने निर्णय गरे। 

बाल साहेब–२ बन्ने अभियानमा आदित्य

शिव सेनाको एउटा पक्षले मुख्यमन्त्रीको रुपमा आदित्य ठाकरेको नाम चर्चामा ल्याएका छन्। चुनाव लड्ने र जित्ने ठाकरे परिवारको पहिलो सदस्यका रुपमा आदित्यको नाम इतिहासमा लेखिएको छ। आदित्य उद्धव ठाकरेका छोरा मात्रै नभई महाराष्ट्र र शिव सेनाका लागि नयाँ सपना समेत बनेका छन्।

पछिल्लोसमय उनको लोकप्रियता र कृयाशिलताप्रति युवा पुस्ताको समर्थन देखिन्छ। युवा सेनाको अध्यक्षको रूपमा नियुक्त भएका आदित्य मुम्बई जिल्ला फुटबल संघको अध्यक्ष, शिवसेना पक्षको नेता हुँदै महाराष्ट्र बिधानसभा विधायक पनि बनिसकेका छन्। कम उमेरमै राम्रो राजनीतिक उचाई पाएका युवा नेता आदित्यलाई यति बेला मुख्यमन्त्रीको कुर्सीसम्म पुर्याउने हतारोमा देखिन्छ, शिव सेना।

प्रकाशित मिति: : 2019-11-04 06:50:10

प्रतिकृया दिनुहोस्