आगलागी घटना बढे, आगो निभाउने राज्यसँग योजना छैन, बार्षिक २ अर्ब बढी नोक्सानी

तस्बिरः एजेन्सी

नेपालमा हरेक दिनजसो आगलागीका घटना भइरहेका छन्। वर्षनी हेर्ने हो भने आगलागीका घटनाको तथ्याङ्क भयावह छ।

आगलागीले हरेक वर्ष देशमा २ अर्वभन्दा बढीको क्षति हुने गरेको छ। तर, आगलागी कम गर्न राज्यबाट कुनै ठोस कदम चालेको पाइँदैन।

मुलुकभर हरेक दिन जसो आगलागीका घटना हुने गर्छन्।

आगलागीबाट  ठूलो जनधनको क्षतिसमेत हुने गरेको छ। अन्य समय भन्दा चैत वैशाखको समयमा बनजंगलमा समेत डढेलो लाग्ने गर्छ।

२०७४ सालको तथ्याङ्क हेर्ने हो भने १५४७ वटा आगलागीका घटना घटेका थिए।

त्यस्तै आगलागीबाट ७२ जनाको ज्यान गएको थियो भने २५९ जना गम्भीर घाइते भएका थिए।

यस्तै २०७५ साललाई फर्केर हेर्ने हो भने २२२८ अर्थात  २०७४ सालभन्दा ७ सय बढीले आगलागीका घटना भएका छन्। उक्त आगलागीबाट ६७ जनाको मृत्यु भएको थियो भने ३३० जना घाइते भएका थिए।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार यही तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा हरेक दिन ६ वटा आगलागीका घटना हुने गर्छन्।

सावधानी नहुँदा आगलागी बढ्दै

पोखरेलका अनुसार सर्वसाधरणमा चेतनाको कमि र असावधानी तथा अग्नि नियन्त्रणका उपकरण अभाव, पानीको भण्डारण नहुनुले पनि आगलागीले ठूलो जनधनको क्षति हुने गरेको छ।

हरेक वर्ष चैत र वैशाखमा उद्योग, वस्ती र वनजंगलमासमेत आगलागी हुनेगर्छ।

वर्षेनी साढे २ अर्व घाटा

मुलुकमा हुने आगलागि र डढेलोले मात्रै मुलुकमा वार

वार्षिक साढे २ अर्व भन्दा माथिको आर्थिक क्षति हुने गरेको पोखरेलको भनाइ छ।

वर्षेनि हुने आगलागीबाट अर्वौको क्षति भइरहँदा सरकार र सम्बन्धित निकायको ध्यान जान नसकेको उनको गुनासो छ। यसबारे बेलैमा नसोचे आगलागीले निकट भविष्यमा भयावह परिस्थिति सिर्जना गर्न सक्ने तर्फ सबै सजक हुनु जरूरि रहेको उनले बताए।

प्रकाशित मिति: : 2019-05-22 11:09:44

प्रतिकृया दिनुहोस्