पाँचथरको मिक्लाजुङमा नौजनाको विभत्स हत्या

सांकेतिक फाइल तस्विर।

पूर्वी नेपालको पाँचथर जिल्लामा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ। घटना जिल्लाको सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिणमा पर्ने मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा भएको हो।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले ब्रेक एन लिंक्ससँग कुरा गर्दै एक परिवारको पाँच र अर्को परिवारको चार गरी नौ जनाको हत्या भएको बताए। 

घटनाबारे जानकारी पाएलगत्तै नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट पनि प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

यसैबीच नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरलेलका अनुसार धनराज लिम्बु र बमकुमार लिम्बुको परिवारको हत्या भएको बताएका छन्। उनले प्रहरी घटनास्थलमा पुगिसकेको बताउँदै हत्या कसले गर्यो भन्ने खुलिनसकेको बताए।

 

प्रकाशित मिति: : 2019-05-21 08:41:47

प्रतिकृया दिनुहोस्