'५० लाखमा ओली र ५० करोडमा मोदीलाई मारिदिन्छु' भन्ने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङ पक्राउ परेका छन्। सिन्धुपाल्चोक लिसंखु घर भई काठमाडौं बानेश्वरमा बस्दै आएका ३३ वर्षीय तामाङलाई काठमाडौं बिजुली बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै सामाजिक सञ्जालमा कमेन्ट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। उनले 'पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने कमेन्ट पनि गरेका थिए।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सामाजिक संजाल फेसबुक दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा 'सलिम योन्जन तामाङ-भाई' नामक फेसबुक आइडीबाट तामाङले यस्तो कमेन्ट गरेका थिए।

उनको यस किसिमको क्रियाकलापबाट समाजमा भ्रम तथा त्रासको वातावरण फैलिएको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले एक प्रेस विज्ञप्ती जारी गरी उनीमाथि विद्युतीय करोबार एन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिशर टेकू पठाइएको जनाएको छ। 

 

 

प्रकाशित मिति: : 2019-05-21 07:18:10

प्रतिकृया दिनुहोस्