बिहान घरबाट निस्कनुपर्ने थियाे। सिंजा बहुमुखी क्याम्पसकाे स्ववियुले प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयाेजना गरेकाे थियाे।सभापतिले व्यक्तिगत रुपमा पनि आइदिन आग्रह गरेका थिए।
म सँग आफ्नाे साधन थिएन।सार्वजनिक गाडीमा गयाे भने भनेकाे समयमा पुगिने चान्स निकै कम।त्यसैले एकजना साथईलाई गुहारेकाे थिएँ।कार्यक्रम बहाना थियाे।मलाई रनुखाना जानैपर्ने थियाे।रुनुखानामा मार्सी धानकाे बीउ उमार्न फरक तरिका अपनाइन्छ भन्ने सुनेकाे थिएँ।मलाई त्यो जान्नैपर्ने लागेकाे थियाे।
अर्काे कुनै दिन सिंजा जानलाई समय मिल्ने सम्भावना कमै थियाे।त्यसकारण साथीलाई गुहारेकाे हाे।उनले पनि माने।मलाई सजिलाे भयाे।म निर्धारित समयमै कार्यक्रमस्थल पुगेँ। कार्यक्रमकाे कुनै सुरसार थिएन।म रनुखना गएँ।रनुखाना सिंजा गाउँपालिकाकाे दुई नम्बर वडामा पर्छ।व्यक्तिगत काम सकेपछि फेरि कार्यस्थलतर्फै लागेँ।
सिंजा रनुखानामा धानकाे बीउ उमार्ने तरिकाबारे पछि लेखाैंला।अहिले भने बेलाबेलामा आफू पुगेकाे सिंजामा देखिएक केही परिवर्तनबारे लेख्न खाेजिरेहेकाे छु।
दुई वर्षअगाडि स्थानीय तहकाे चुनावकाे बेला मन लागेकाे एकजना उम्मेदवारकाे प्रचारकाे लागि भनेर सिंजा पुगेकाे थिएँ।उनले चुनाव हारे।पछि राजनीतिक आस्था परिवर्तन गरे।त्यसअघिकाे उनकाे आदर्श स्खलित भयाे।यस्ता पात्र र प्रवृत्तिबारे धेरै बाेलिरहनु आवश्यक लाग्दैन तर जब जब सिंजा पुग्छु, त्यो प्रसंगको याद आइहाल्छ।
त्यसबेला सिंजामा खास परिवर्तन थिएन। जंगलमा राेड पुगेका थिएनन्।एउटा कर्णाली राजमार्गको जुम्ला-मुगु खण्ड र त्यसकाे पारिपट्टल खनिएकाे सहायक राेड बाहेक अरु राेड थिएनन्।यी दुबै कच्ची थिए।केही राेड खन्ने सुरुवात गरिए पनि व्यापक भैसकेकाे थिएन।समग्र सिंजाका ११ वटा गाविसमा कनका सुन्दरी मावि लुड्कु बाहेक कुनै पनि स्कुलमा पुस्तकालय थिएनन्।विद्यालयमा शिक्षककाे नियमितता थिएन।
म दुई वर्षपछि सिंजामा पुगेकाे थिए। यसपालि सिंजा पुग्दा केही फेरिएकाे देखेँ। केही उस्तै, केही नहुनुपर्ने भएका र केही हुनैपर्ने छुटेको देखेँ।
सुर्खेतबाट मुगुसम्म सडक खुलेसँगै रारासम्म पुग्ने आन्तरिक र बाह्य पर्यटककाे आवतजावत बाक्लिएको छ। सिंजा गाउँपालिका-१ काे गम्गाडमा हाेटल सञ्चालन गरिरहेका विष्णु शाही पर्यटककाे चाहनाअनुसारकाे बसाेबास व्यवस्था भएका हाेटलकाे स्ट्यान्डर्ड मेन्टेन गर्याे भने राम्राे व्यापार राम्राे हुने बताउँछन्।उनलाई आफ्नाे हाेटलका काेठाकाे संरचना पुरानाे तरिकाकाे लाग्छ।केही रकम जाेहाे भयाे भने साेही ठाउँमा पर्यटकलाई बसाल्ने राम्राे हाेटेल बनाउने याेजना बनाएको रहेछन् उनले। भन्छन् 'हामीले पर्यटकलाइ दिने खाना अर्गानिक छ।बसाल्न नसकेकाेले मात्रै पछुताे हाे।पर्यटकले खाना मिठाे माने पनि बस्ने ठाउँ चित्त बुझ्दाे मान्दैनन्।'
सिंजामा सञ्चारमा ठुलाे परिवर्तन भएकाे छ।पहिला स्काईफाेन पनि बढो मुस्किलले सुनिन्थ्याे, अहिले फाेर जी चल्छ।याे गाउँपालिकाकाे पहलमा भएकाे हाे।
गाउँलेलाई यातायातकाे राम्राे विकास भएकाे लाग्छ।चारैतिर रिङराेड छन्।जंगलकने काठ ल्याउन सजिलो छ।एक हिसावले भन्ने हाे भने सडक सञ्जाल व्यापक भएकाे छ।यसमा जनप्रतिनिधिलाई गर्व लागेको छ। जनता आफ्नाे गाउँमा राेड पुग्याे भनेर मख्ख छन्।तर, पर्यावरणीय महत्त्व र काठ तस्करी हुने समस्याबारे ध्यान दिएकाे देखिदैन।
केही ठाउँबाट असन्तुष्टिका आवाज पनि आएका छन्।त्याे असन्तुष्टि सबैभन्दा बढी निर्वाचित प्रतिनिधिले आफ्ना मान्छेलाई याेजना दिए भन्ने छ।यसाे हेर्दा याे हाे जस्ताे पनि लाग्छ।जनप्रतिनिधिले सके आफै याेजना सञ्चाल गर्ने नसके आफ्ना मान्छेकाे समिति बनाएर याेजना सञ्चालन गरेकाे भेटिन्छ। डाेजर मालिक वडाअध्यक्ष भएकाे गाउँपालिका सिंजा पनि पर्छ।याे सबैभन्दा ठुलाे समस्या हाे। हाेटल व्यवसायी शाहीले पनि आफ्नाेमा आउने ग्राहकले गुनासाे गरेकाे सुनेका छन्। तर, त्यस्ताे गुनासाे आफूले चाँहि सुन्नु परेको छैन, तीन नम्बर वडाअध्यक्ष तुलाचन्द्र चाैलागाई भन्छन्।
असन्तुष्टि अरु पनि छन्। तीमध्येकाे एक हाे- आफ्ना मान्छेलाई जागिर दिए भन्ने।तल्लो तहकाे कर्मचारी करारमा भर्ना गर्नु पर्याे भने हाकाहाकी पावरकाे कुरा चल्छ।पावर नहुनेले चुँ बाेल्न पाउदैनन्। पुराना गाविसका मान्छेहरु भेगीय रुपमा बढी विकास भएकाेमा विराेध गर्छन्।स्थिति त्यस्तै छ। सिंजा गाउँपालिका पुराना तीन धापा, नराकाेट र शनिगाउँ गाविस मिलाएर बनाइएको छ।पुरानाे धापामा दुई वडा परेका छन्।वडा नं एक र दुईका वडा अध्यक्ष टाठा छन्। घुमाइफिराई धेरै याेवना आफ्नाेतिर पार्छन्।गाउँपालिका अध्यक्ष पनि त्यै क्षेत्रका भएकाे हुनाले याे गुनासाे बढी सुनिनेमा पर्छ।
कर्णाली राजमार्गमा गाडी गुड्न थालेपछि कुखुराको मासु-व्यापार पनि फस्टाएको छ। सानासाना हाेटेल खुलेका छन्। रक्सी भट्टीकाे व्यापार पनि चम्केकाे छ।साँझ हुनेवित्तिकै बाटाेदाेबाटाेमा हल्लाखल्ला बढी हुन्छ।झैझगडा पनि बढेकै छन्।वडा नं १ का अध्यक्ष रण बहादुर राेकाया भन्छन्- 'सिष्ट मान्छेहरु नै घरेलु मदिराका व्यापारी छन्।युवाहरु रक्सीले बिग्रेका छन्।हामीले नियन्त्रणकाे प्रयास गरेपनि कम हुन सकेकाे छैन।'
सबैभन्दा ठुलाे समस्या जनप्रतिनिधिले नै ल्याएका छन्। गाउँपालिकामा भएका छ वटा वडामध्ये पाँचवटा वडाअध्यक्षले बाइक सुविधा लिएका छन्।वडा नं ४ का वडा अध्यक्षले आफ्नाे गाउँसम्म बाइक नजाने हुनाले घाेडा सुविधा लिए। बाइक चलाउन नजान्नेले पनि सुविधा लिए।पालिका उपाध्यक्षले पनि बाइक लिएकी छिन। उनकाे छाेराले बाइक चलाउँछन्।पालिका अध्यक्षले चढ्ने स्कार्पियाे गाडी नै छ।यी सबैकाे तेल व्यहोरी र्दिने गाउँपालिका हाे।ताेकिएकाे तेल सुविधा भनेकाे अध्यक्षले ७० लिटर, उपाध्यक्षले ६० लिटर वडाध्यक्षले १८ लिटर तेल वर्षभरिमा पाउँछन् तर महिनामै याे सब सकिन्छ। बाँकी गाउँपालिकाले वेहाेर्दै आएकाे छ।विकास निर्माणकाे रकम कटौती यिनै कारणले भैरहेकाे छ।
जनप्रतिनिधिलाई बेठिक लागेकाे भनेकाे व्यक्तिगत याेजना माग्न आउने चलन हाे। पचास, साठी, सय मिटर पाइप चाहियाे, सानाे याेजना देउ भनेर आफ्ना लागि माग्न आउछन्।यस्ता सबैका माग पूरा हुँदैनन्।केही पहुँचवालाले पाएकाे देखेका छन् गाउँलेले।त्यसैले पनि गुनासा बढेका जस्ताे लाग्छ वडा अध्यक्ष चौंलागईलाई।
गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई गाउँका मान्छेहरुले आन्तरिक प्रतिस्पर्धा गरेकाे राेचक लाग्छ।यद्यपि याे सदियाैंदेखिकाे रीत हाे। वल्लाे पल्लो घरका मान्छेकाे कमाइ, उत्पादनमा हुने गरेकाे प्रतिस्पर्धाले ग्रामीण अर्थतन्त्र बलियाे भएकाे मान्छन् उनी। उनकी श्रीमती पनि अरुले जस्ताे काम गर्छन् त्यस्तै गर्न लाग्ने गरेकाे सुनाउँछन्। मुख्य समस्या भनेकाे ग्रामीण अर्थतन्त्र अझ बलियाे हुने गरी याेजना बन्न नसक्नु हाे।पुस्ताैंदेखि गाउँले बसालेकाे रीत बुझ्न नसक्नु वर्तमानको पुस्ता र प्रतिनिधिकाे कमजाेरी हाे।
रावललाई गाउँका मान्छेहरु फेरि चुनाव भएपछि भाेट दिन्नन् कि जस्ताे लाग्छ।भन्छन्- 'हामी गाउँमा गएर आफैलाई भाेट दिने जनतासँग खास भलाकुसारी गर्न सकेका छैनौं।याेजना अनुगमन र कार्य सम्पन्न हुने बेला गयाे भने एकछिन पुग्ने मात्रै हुन्छ।बढी जिल्लाबाहिर हुने गाेष्ठी सेमिनारमा सहभागी हुनुपर्छ।' वडा अध्यक्ष राेकाया यसरी जिल्ला बाहिर हुने कार्यक्रमले गाउँपालिकाकाे कामलाई प्रभावित बनाएकाे मान्छन्।
चेतनास्तरमा अहिले पनि समस्या छ।कुनै याेजनामा पाँचजना समर्थन गर्ने हुन्छन् भने १० जनाका हातमा विराेध हात खडा हुन्छन्।कति याेजनाहरु 'ढुंगा अट्काउ, पैसा लट्काउ' मात्रै हुन्छन्।गाउँपालिकाका गरिबसँग विशेश्वर कार्यक्रम लागु छ। वडा नं १ का सचिब विश्व खत्रीका अनुसार 'साना याेजनामा खाने काम बढी हुन्छ।'
शिक्षामा लगानी एकदम कम छ।विद्यालयकाे भवन निर्माणमात्र शिक्षामा लगानी साेच्ने जनप्रतिनिधिले अरु विषयमा ध्यान दिएका छैनन्। शिक्षाकाे गुणस्तर सुधारमा जनप्रतिनिधिले आफ्नाे भूमिका राम्ररी बुझेका छैनन्।समग्र गाउँपालिकामा आधारभुत र मावि गरी २२ वटा स्कुल छन्।एउटा बहुमुखी क्याम्पस छ।एउटा कृषि र एउटा अाेभरसियर पढाइ हुने विद्यालय छन्।दुखद संयाेग मान्नुपर्छ एउटा पनि विद्यालय र क्याम्पसमा पुस्तकालाय छैन।अहिलेसम्म पुस्तकालय बनाऔं भनेर कसैले पहल पनि गरेकाे छैन।याेजना माग्न पनि काेही आउँदैनन्।
शिक्षा सुधार र विद्यालयमा सबैकाे पहुँच हुनुपर्छ भनेर एनजिओ र आइएनजिओ आएका छन्।उनीहरु विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउनुपर्छ भन्छन्।तर, उनीहरु किन विद्यालय बाहिर छन् यसकाे कारण पहिचानमा ध्यान पुगेको छैन।केही अभिभावक छाेराछाेरी स्कुल पठाएपछि कर्तव्य पूरा भएकाे सम्झिन्छन्।स्कुलमा कसले ठगी गर्याे, पढाइ नियमित हुन सकेकाे छ छैन चासाे दिने अभिभावक निकै कम छन्।अधिकांश अभिभावक पढे/लेखेका नभएकाले शिक्षकहरु आफू इमानदार भएर कर्तव्य पूरा गरे पनि समस्या समाधान हुन्छ भन्ने लाग्छ शिक्षक नारायण न्याैपानेलाई।
चुनावताका शनीगाउँकाे फुग्रलाई एउटा चिठ्ठा परेकाे थियाे, शक्ति संरचनाकाे।पालिका अध्यक्ष एमाले, उपाध्यक्ष माओवादी र वडा अध्यक्ष काँग्रेसबाट उमेदवार थिए। गाउँले मिलेकाे भए शक्ति आर्जन हुने थियो।केही सचेत मान्छेले सबै पद गाउँमा आउनेगरी मिलाैं भनेका हुन् तर पाखामा बस्ने मान्छेहरु कट्टर राजनीति गर्छन्।गाउँलेहरु मिलेनन्। कुनै पनि पद गाउँमा आएन। तर जिउला(बेसी)मा बस्ने मान्छेहरु भेगीय राजनीति गर्छन्। उनीहरु राजनीतिक आस्थाभन्दा पनि नजिकका मान्छे हेर्छन्।संगठन राम्राे हुँदाहुँदै पनि एमालेले चुनाव हारेपछि त्यस क्षेत्रका एमाले कार्यकर्ताले एउटा नारा लगाएका थिए 'नेकपा एमाले- जिन्दावाद, जिउलेल जति-मुर्दावाद!'
अहिलेकाे शक्ति संरचना ब्यालेन्स छ गाउँपालिकामा दुई वडा नेमकिपा, दुई वडा एमाले र एक एक वडामा काँग्रेस र माओवादीले जितेका छन्। गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेका छन्।त्यसैले पालिका अध्यक्ष सबैका साझाजस्ता छन्। सक्नेजति काममा नाइनास्ती गर्दैनन्न, सक्ने काम हुन्छ भन्दैनन्।यति हुँदाहुँदै पनि केही आयाेजना विवादित छन्।वडा नं. १ काे खानेपानी, सिंजा बहुमुखी क्याम्पस, वडा नं. २ को रंगशालामा र वडा नं. ३ काे विद्यालय भवन निर्माणमा अनियमितता भएकाे भनी अख्तियारमा चारवटा मुद्दा छन्।जनप्रतिनिधिलाई स्पस्टिकरण दिँदै हैरान छ।
देवी-देउताका थान नयाँ बनाउने काम पनि तीब्रगतिमा भैरहेको पाइन्छ। थान छाप्ने मामलामा सांसद विकास काेषदेखि वडाकाे रकमसम्म खर्च भएकाे देखिन्छ।थान छाप्न नयाँ तरिका विकास भएकाे छ। जस्ता पाताले थान छाप्ने। हिजोआज त देउताका धामीसमेत जस्ताले थान छापेन भने पालीहरु(देउता मान्ने मान्छे)ले आफूलाई हेला गरे भनेर रिसाउने संस्कार बसेकाे रहेछ।देउता खुसी बनाउन पालीहरु सके याेजना माग गर्ने, नसके आफै रकम उठाएर भएपनि जस्ता हालिदिने रहेछन्।अनि देउताका धामी पनि खुसी हुँदा रहेछन्। यसरी थान, मठ-मन्दिरकाे माैलिकतासमेत हराउने स्थितिमा पुगेको रहेछ सिंजा।
प्रत्येक वडामा कम्तिमा एउटा थान, पुराना देवललगायत पाैराणिक सम्पदा छन्। कतिकाे थाेपढा बिग्रिसकेकाे छ भने कति बिग्रने अवस्थामा छन्। याे परिस्थिति आउन नदिन न गाउँपालिकासँग याेजना छ न धेरैमा चेतना नै।
अहिले जुम्ला बजारकाे व्यापार घटेकाे छ। गाउँका मान्छेकाे बजारसँगकाे सम्पर्क लगभग टुटेकाे छ।हिजाे पैसाकाे काराेवार गर्न बजार पुग्नुपर्थ्याे।अहिले पालिकाबाट सेवा लिन पाउँछन्।यति भैसकेपछि सदरमुकाम पुग्नुपर्ने झण्झट पनि सकियाे।बरु सानासाना बजार विस्तार भएका छन्।ती साह्रै अव्यवस्थित छन्।त्यसैले रक्सी व्यापार फष्टाएकाे छ।जनप्रतिनिधिहरु अरुले देख्नेगरी रक्सी खान्छन् र अरुले सिकाे गर्छन्। बेलैमा ध्यान पुर्याउदा राम्राे।