ट्राफिक जरिवाना अब अनलाईनबाटै तिर्न मिल्ने

Agency
सडक नियम उल्लघनको घटनामा कारवाही भोग्ने चालकले अव घरबाटै राजश्व दाखिला गर्न पाउने भएका छन्।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीमा पर्ने चालकले जम्मा गर्नुपर्र्ने राजश्व रकम अनलाईनमार्फत भुक्तानी गर्न पाउने व्यवस्था लागु गर्न लागेको हो।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आईतबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो।
 
सडक नियम मिचेर कारवाहीमा परेका चालकले राज्यलाई तिनुपर्ने राजश्व रकम आफूलाई पाईक पर्ने ठाउबाटै तिर्ने र नजिकको ट्राफिक प्रहरी कार्यालयबाट कागजपत्र लिन मिल्ने व्यवस्था मिलाउन लागेको महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए।
 
पत्रकार सम्मेलनमा एसएसपी पन्तले भने– कारवाहीमा परेका चालकहरुले पैसा तिर्ने लाईनमा धेरै समय खर्चिनु पर्यो भन्ने गुनासो आएपछि न्यूनीकरण गर्न हामीले अनलाईन भुक्तानीको व्यवस्था गरेका हौं।
कारवाहीमा परेका चालकहरुले राजश्व रकम ग्लोबल आईएमई बैकमा भुक्तानी गर्दै आइरहेका छन्।
 
बैकमा भुक्तानी गरेपछि मादक पदार्थ सेवन गरेका र सडक लेन मिचेका सवारी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको चेतना कक्षामा भाग लिन जानुपर्ने हुन्छ। अन्य सामान्य कारवाहीमा परेकाले ग्लोवल आईएमई बैकमा राजश्व रकम जम्मा गरेर नजिकको ट्राफिक कार्यालयबाट आफ्नो कागजपत्र लिनुपर्ने हुन्छ।
 
प्रकाशित मिति: : 2019-05-19 16:00:51

प्रतिकृया दिनुहोस्