झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, कम्तिमा ५ जनाको मृत्यु

दुर्घटनाग्रस्त बस त्रिशूली नदिमा। तस्बिरः सुदर्शन रञ्जित/अनलाइनखबर

काठडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटनामा परेको छ।

धादिङको आदमघाटबाट बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा कम्तिमा ५ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी २५ जनभन्दा बढी यात्रु घाइते भएका छन्।

काकडभिट्टाबाट काठमाडौंको लागि छुटेको ना ७ ख ४३ ८७ बस आइतबार बिहान धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दर्घटनामा २५ भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ।

अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।

बसमा कति यात्रु थिए भन्ने अझैं यकिन हुन सकेको छैन।

प्रकाशित मिति: : 2019-05-19 08:06:53

प्रतिकृया दिनुहोस्