पूर्वी भारतमा सडक दुर्घटना छ को मृत्यु ४५ घाइते

तस्बिरः एजेन्सी

भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । बस मङ्गलबार एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ ।

 झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३:३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ  । 

दुर्घटना भएको सो स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ ।

 घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।

प्रकाशित मिति: : 2019-06-25 15:35:41

प्रतिकृया दिनुहोस्