मधेशसँग मेरो प्रेम जारी छ: प्रचण्ड

तस्बिरः बिएल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशसँग आफ्नो प्रेम जारी रहेको बताएका छन् ।

महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । प्रचण्डले भने, ‘विगतमा पनि मैले मधेशसँग मेरो प्रेम छ भनेको थिएँ, अहिले फेरि दोहोर्‍याएर भन्छु मेरो मधेश प्रेम जारी नै छ ।’

आफू प्रधानमन्त्री भएका बेलामा दुई पटक संसदमा संविधान संशोधन प्रस्ताव लगेको स्मरण गर्दै उनले भने, ‘संविधान मधेशी जनताले भने अनुसार आएन की भन्ने जुन प्रश्न छ, संविधान संशोधनका लागि दुई बुँदे सहमतिमा प्रधानमन्त्री ज्यू र मैले हस्ताक्षर गरेका छौं ।’

नेकपाका महासचिव विष्णु पौडेलले संघमा दुई तिहाइको सरकार चलाईरहेको आफ्नो पार्टीलाई नै मतदान गर्न पिपरावासीलाई आग्रह गरे ।


'विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार छु'

प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’

प्रधानमन्त्री आफैले समृद्धिको नेतृत्व गरेकाले उक्त सडक निर्माण कार्य युद्धस्तरमा हुनेमा आफू विश्वस्त रहेको पनि प्रचण्डले कार्यक्रममा बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा ठाडो आदेश दिएर एक अर्ब रुपैयाँ विनीयोजन गर्न लगाएको बताए ।

प्रकाशित मिति: : 2019-10-30 17:12:45

प्रतिकृया दिनुहोस्