कुनै सेलिब्रेटि र चर्चा कमाउनु छैन: काठमाडौं प्रहरी प्रमुख सुवेदी

बीएल

काठमाडौः महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले आफू चर्चा र सेलिब्रेटि बन्नको लागि काम नगर्ने दावी गरेका छन्।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै आइतवार पत्रकार सम्मेलन गर्दै एसएपी सुवेदीले सेलिब्रेटि बनाउने जिम्मेवारी मिडियाको भएको भन्दै आफू चर्चामा नआउने दावी गरे।‘ कुनै सेलिब्रेटि र चर्चा कमाउनु छैन।

यो एउटा ग्ल्यामर शब्द हो जस्तो लाग्छ।‘ एसएसपी सुवेदीले भने। राजधानीमा अपराध नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै सामाजिक अपराधलाई कम गर्ने दावी समेत गरे। त्यस्तै गुन्डागर्दी चन्दा आतक समेत नियन्त्रण गर्नेमा जोड दिने बताए।‘ टोले गुन्डालाई पहिलो सम्झाउछौं।

त्यति गर्दा पनि मानेनन् भने कानुनी कारबाही गर्छौं।‘ पत्रकार सम्मेलनमा महानगरीय अपराध महाशाखा प्रमुख सहकु थापाको समेत उपस्थित थियो। राजधानीमा हुने अपराध नियन्त्रण र अनुसन्धानमा सहकार्य गर्ने बताए।‘ पूर्व–पश्चिममा अपराधी एउटै भएर अपराध गर्ने?हामी एउटै परिसर जोडिएर किन काम नगर्ने थापाले भने।

प्रकाशित मिति: : 2019-05-12 15:56:51

प्रतिकृया दिनुहोस्