काठमाडौंमै अन-अराइभल भिसा: ‘रूसी यौनकर्मी'को ट्रान्जिट बन्दैछ नेपाल

सोभियत संघ ढलेपछि रूसी सुन्दरीहरूको जोवन चल्यो। त्यही जोवन चलाउँने रूसी सुन्दरीहरू संसारभर पुगे। नेपाल मात्र के अछुतो हुन्थ्यो र?, अहिले उनीहरू नेपाललाई नै ट्रान्जिट बनाएर नेपाल र भारतीय बजारमा जोवन बेचिरहेका छन्।

यो तथ्यको रहस्य फागुनको अन्तिम साता खुल्यो।

भारतको राजधानी दिल्लीमा १६ महिना जोवन बेचेर केही कमाइ गरेका दुई रसियन युवती २०७४ फागुन अन्तिम साता सुनौली नाकाहुँदै भैरहवा आइपुगे। उनीहरुलाई नेपालसम्म छाड्न बब्लु सिद्धिकी नामका एक भारतीय आएका थिए।

उनले भैरवाको एक होटलमा ती रूसी युवतीलाई बन्धक बनाएर भने- 'पाँच हजार अमेरिकी डलर देऊ। हैन भने रकम भारतमै फकाई दिन्छु।' जब युवतीहरूले दिन आनाकानी गरे, उनले ती युवतीको सबै लुटेर लगे।

जोवन बेचेर कमाएको सबै लुटिएपछि केही सिप नलागेका ती युवतीहरूले आफ्नो रामकहानी होटलका कर्मचारीलाई बताए। कर्मचारीहरू ती युवतीलाई लिएर प्रहरीसम्म पुगे।प्रहरीले उद्धार गरेर उनीहरूलाई रूस फर्कने ब्यवस्था मिलायो।

ती युवतीहरूले प्रहरीसँग जे जस्तो बयान दिए, त्यसले नेपाल जोवन बेच्ने रूसी सुन्दरीहरूको ट्रान्जिट भैसकेको पुष्टि हुन्छ।

उनीहरूका अनुसार नेपालमा रूसी नागरिकलाई अनअराइभल भिसा मिल्ने भएकाले त्यसैको फाइदा उठाएर रूसी सुन्दरीहरू नेपाल आउँछन्। काठमाडौं आइपुग्नु अघि नै उनीहरू अनलाइनको सहायताले जोवनको किनबेच गर्ने गिरोहको सम्पर्कमा आइसकेका हुन्छन्। ठमेलका यौन अड्डाहरूमा उनीहरूको बुकिङ खुलिसकेको हुन्छ।

नेपालमा रूसी सुन्दरीहरूको जोवनको माग बढी नै छ।नेपाल आउँने पर्यटक मात्र हैन, धनाढ्य नेपाली पनि रूसी जोवनको लागि राम्रै तिर्न तयार हुन्छन्। कति धनाढ्य नेपालीले त अपार्टमेन्ट नै लिएर रूसी युवतीहरूलाई महिनौसम्म राख्ने गर्छन्।

ठमेलमा यही व्यवसायमा संलग्न नाम नबताउने एक होटल सञ्चालकले भने- रूसी हिराइन वा मोडल हो भन्नुपर्छ, ग्राहकहरू एक लाखसम्म पनि तिर्न तयार हुन्छन्।तर, उनीहरूलाई कमै दिए पनि हुन्छ। रूसी जोबन बेच्दा धेरै मार्जिन हुन्छ।

नेपालमा मागमा अलि कमी आएपछि रूसी सुन्दरीहरू दशगजा दक्षिण लाग्छन्। उनीहरू भारतका यौनबजारमा पुग्छन् र महिनौं त के वर्षौसम्म पनि जोबन बेचिरहन्छन्। कतिपय त्यहाँ बन्धक बनाइएर नारकीय जीवन बिताउँन पनि बाध्य छन्।

अलि पढेलेखेका र जानकार युवतीहरू भिसा बचाउन बेला बेला नेपाल आएर भिसा म्याद थप्छन्। कति त फर्कने बेलामा एकमुष्ट लेट फी तिरेर रूस उड्छन्।

अहिले रूसी सुन्दरीहरूको जोबन ब्यापारमा नेपाल र भारतमा गतिलै संख्यामा व्यापारीहरू लागेको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ।

कुनै समय रूसमा पढ्न जाने नेपालीले सिंहदरवारको फोटो देखाएर आफ्नो घर भनेर रूसी सुन्दरीहरूको भोगचलन गर्ने गरेका कथाहरू सुन्न पाइन्थे। कतिले त विवाह गरेर ल्याएका पनि थिए। त्यो रूसी काल हैन, सोभियत संघ हुँदाको कुरा थियो।

अहिले रूस खुला र पारदर्शी छ। बोरिस एल्त्सिनको रूसमा जे देखाउ हुन्छ, त्यही बिकाउ हुन्छ। अहिले रूस संसारभरि नै छोरीहरूको जोबन निर्यात गरिरहेको छ। त्यही क्रममा केही छोरीहरू नेपालको अन अराइभल भिसाको फाइदा उठाउँदै यता निर्यात भएका छन्।

तस्वीर: बिष्ट

प्रकाशित मिति: : 2019-04-11 08:42:34

प्रतिकृया दिनुहोस्