उनले जीवनको उर्जाशील समय युरोपमा बिताए। लाखौं रकम खर्च गरेर युरोप भित्रने सपना पुरा भयो। सपनासँगै जीवनको बाटो अल्झियो। युरोपमा आउने बित्तिकै पैसा कमाइन्छ भन्ने भ्रम उनी यहाँ आइपछि बल्ल थाहा पाए।
युरोपमा बसोवास गर्न मिल्ने कागज नभएसम्म काम पाइँदैन। कागज बनाउन वर्षौं लाग्छ। त्यही भूभरीमा बर्षौ बितेको पत्तै पाएनन् चितवनका मनिराज कँडेँलले।
अनेक हण्डर ठक्कर खाँदै बल्लतल्ल पोर्चुगलको कार्ड बनाए। अस्थायी। यो कार्ड पाए पछि केही वर्षपछि नेपालका परिवारलाई युरोप बोलाए। सानै उमेरमा आएका छोरा छोरी अहिले युवा भए।
युरोपको नागरिकता बोकेर हिँड्ने भए। नेपालबाट परिवारसहितको बसाई युरोप सर्यो। बसाईसँगै नेपालको कला संस्कृति बिर्सदै गए। अहिले पोर्चुगलको नागरिक भए।
बेलायतमा बसेको कडेँललाई घरी घरी सताउँछ कतै सन्तानले नेपाल बिर्सने हुन् कि? यो त एउटा उदाहरण मात्र हो।
पहिलो पुस्ताको लागि युरोपको नागरिकता नै महत्वपूर्ण बन्छ। सबैथोक छोडर यहाँको नागरिकताको लागि पहिलो पुस्ताको उर्जाशील समय सकिन्छ। युरोपका गल्ली गल्लीमा दुःखको झोला भिरेर हिँडेको पहिलो पुस्ताको संघर्ष कहालिलाग्दो छ।
भाषा, काम, रहनसहन सबै नौलो भए पनि पहिलो पुस्ताले युरोपको कार्ड पाइन्छ कि, भन्ने आशाको दियो बालिरह्यो।
दोस्रो पुस्ता जो नेपालमा जन्मेर डिपेन्डेन्ट भिसामा युरोप आए, उनीहरुले यहाँको नागरिकता लिईसके कतिले लिँदै छन्। अर्कोतर्फ जो यहाँ जन्मे उनीहरू स्वतः युरोपियन भए। पोर्चुगलको हकमा।
नेपालमा जन्मेर केही समय उतै बिताएकाले नेपाली संस्कृति, रहनसहन बुझेका हुन्छन्। तर, यही जन्मेकाको लागि यो नौलो लाग्छ। यही समाजमा हुर्केको कारण पनि उनीहरू बिस्तारै बिस्तारै यहीको रहनसहनमा घुलमिल हुँदै जान्छन्।
अहिलेको चुनौती भनेको नयाँ पुस्तालाई नेपालीको परिचय दिनु हो। यसको डरलाग्दो विडम्बना के छ भने जो यही जन्मिए उनीहरु परिवारबाहेक अन्य समूहमा घुलमिल गर्न नेपाली हुँ भनी परिचय दिन हिच्किच्याउँछन्।
अभिभावकसहित युरोप बस्दै आएका नयाँ पुस्ताले नेपाली चाडँपर्वप्रति त्यत्ति चासो दिँदैनन्। उनीहरूलाई नेपाली भाषा, संस्कृतिप्रति चासो नहुनुमा स्वयम् अभिभावकको कमजोरी हो।
लामो समयदेखि पोर्चुगल बस्दै आएका दामोदर पौडेलका अनुसार पहिलो पाठशाला परिवारमा कमसे कम घरमा मौलिक नेपाली वातारण बन्न सके मात्र पनि नयाँ पीढिँका युवाले जान्ने मौका पाउँछन्।
‘अधिकांश अभिभावकहरु आफ्नो सन्तान विदेशी भाषामा पोख्त भइदियोस्, यहाँको कला संस्कृति अनुशरण गरिदियोस् भन्ने पक्षमा छन्,’ पौडेलले भने,‘यो सबैभन्दा दुःखत पक्ष हो।
युरोपका अधिकांश देशमा १८ वर्ष उमेर पुगेपछि उनीहरू आफ्नो निणर्य लिन स्वतन्त्र हुन्छन्।
शिक्षा, स्वास्थ, रोजगारमा यहाँको सरकारको जिम्मा हुन्छ। यसकारण पनि उनीहरू बढी स्वतन्त्र भएको महसुश गर्छन्। ‘छोराछोरीलाई युरोपमा रहनसहन मात्र होइन नेपाली कल्चरको बारेमा जिज्ञाशु बनाउनुपर्छ। उनीहरूलाई कससेकम नेपालको बारेमा भएका घटना, नेपालको चाडपर्वबारे जानकारी दिनु अभिभावकको दायित्व हो,’ पोर्चुगल बस्दै आएका व्यवसायी तिलक पाण्डेले भने।
पहिलो पुस्ता जो युरोपमा छ। उनिहरु कसरी जिविकोपार्जन गर्ने बारेमा बढी चिन्तित हुन्छन् यो स्वभाविक पनि हो।
भाषाको समस्या, कागजी प्रक्रियाको झमेलामा वर्षौ समय बित्ने गर्छ। सामान्य मजदुरीको काम गरेर बसोवासको लागि स्थायी कार्ड बनाउने र केही वर्षपछि युरोपको नागरिकता लिनेमा उनीको महत्वपूर्ण उर्जाशील समय खर्च भएको छ।
युरोपको स्थायी बसोवास कार्ड पाउन दशौं वर्ष लागेका कयौं उदाहरण छन्। यही कार्डको लागि लाखौं रूपैयाँ तिरेर ज्यान जोखिममा राखेर आएको धेरै नेपाली गल्ली गल्लीमा भेटिन्छन्। जसोतसो कार्ड पाउनु नै उनीहरूको लागि सबैभन्दा ठूलो उपलव्धी हो।
नेपालको कला संस्कृति मात्र होइन नेपालनै बिर्सेने त होइन भन्ने चिन्ता अभिभावकलाई हुने गरेको छ। ‘यहाँ जन्मिएको बच्चालाई आफ्नो देश, संस्कार र भाषा लेखन सिकाउन नै चुनौती भएको लिस्बन निवासी रमेश रिजाल स्वीकार्छन्।
‘साना बालबालिकालाई यहाँको स्थानीय भाषाको स्कुल पठाउनुपर्ने, फेरि नेपाली भाषा पनि सिकाउनुपर्ने बाध्यता भएकोले बालबालिकालाई सानो उमेरमा दोहोरो भाषाको झण्झट हुनेगर्छ,’ उनले भने, ‘अझै पोर्चुगलमा पोर्जुगिज, अंग्रेजी, नेपाली भाषा सिक्नुपर्ने हुँदा बालबालिकालाई मनोवैज्ञानिक असर पर्ने खतरा हुनसक्छ यसतर्फ अभिभावक सचेत बन्नुपर्छ।’
वि.स २०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालीहरू सुरक्षित भविश्यको खोजिमा विभीन्न देशमा आएको पाइन्छ।
अमेरीका, युरोप, अष्ट्रेलिया, क्यानडालगायतका विकशित मुलुकमा सुरक्षित बसोवासको लागि आए।
अन्य मुलुकभन्दा युरोपका केही देशमा सहज रूपमा स्थायी बसोवास कार्ड पाइनाले उनीहरूको रोजाई युरोप भय।
यसरी पहिलो पुस्ता स्थायीरुपमा बसोवास गर्न थाले र नयाँपुस्ताको जन्म भयो। यहाँको पढाई, रहनसहन, वातावरणले उनीहरूमा पुर्खाको देशप्रतिको चासो घट्दै गएको छ।
अबको केही वर्षमा नयाँमा हाम्रो परिचय के भन्ने अत्यन्तै महत्वपूर्ण र जटिल प्रश्न खडा हुनसक्छ। यसको लागि नेपालीपन र देशको बारेमा उनीहरूलाई जानकारी दिनु अत्यावश्यक छ।
‘विदेशका विभिन्न नेपाली संघ संस्थाको अबको प्राथमिकता नयाँ पुस्तालाई नेपालीपनको परिचय दिने र नेपाली हुँ भनी गौरव गर्ने कार्यतर्फ अग्रसर हुनुपर्छ,’ एनआरएन पोर्चुगलका पूर्व कार्यसमिति सचिव कृष्ण कडेँलले भने।
जो यहाँ जन्मे वा नाबालक अवस्थामामै विदेशमा आए। शिक्षा यतै लिए। युरोपीयनसँग घुलमिल भए। यहाँको समाज, वातावरण, घटनाक्रममा विस्तारै घुलमिल हुँदै जान्छन्।
नेपाली चाँडबाडहरू उनीहरुको औपचारिक बन्दै जान्छ। अघिल्लो पुस्ताले सिकाएको देशको कला संस्कृतिभन्दा संगतले सिकाएको युरोपको कला संस्कृति राम्रो लाग्दै जान्छ।
समयसँगै विस्तारै दोस्रो पुस्ताले नेपाल विर्सने त होइन भन्ने चुनौती थपिएको लेखक पदम गौतमले चिन्ता व्यक्त गरे। ‘बेलैमा अभिभावकहरु सचेत नहुने हो भने नयाँ पीँढिमा नेपाल पुर्खाको देश मात्र हो परिचय बन्न सक्छ,’ उनले भने।
सुनौलो भविश्यको लागि हामी लाखौं रकम तिरेर ज्यान जोखिममा राखेर युरोप आयौं। स्थायी बसोवास गर्ने लोभमा खुसी हुँदै जुत्तााको तुना हतार गर्दै लगाएर यो वा त्यो वहानामा युरोप आउने जहाज त चढै। तर, कहिलै सोचेनै हामी पछिको पुस्ताको बारेमा।
युरोपको गल्ली गल्लीमा रात विताएर बर्षौ पछि पाएको स्थायी बसोवासको कार्ड र रातो पासपोर्टको पछाडि डरलाग्दो दृष्य देश विर्सिने पुस्ताको जन्म दिँदैछौ भन्नेमा कहिलै ख्यालनै गरेनौं।