काश्मिरको विषयमा ६ अमेरिकी सांसदको पत्र भारतीय राजदुतलाई

Agency

अमेरिकाका ६ सांसदले भारतीय राजदुत हर्षबर्धन श्रृंगलालाई पत्र लेख्दै काश्मिरमा विदेशी पत्रकारलाई प्रवेशको अनुमति दिन आग्रह गरेका छन्। अमेरिकी सांसदले काश्मिरको विषयमा भारत सरकारले प्रस्तुत गरिरहेको

तस्वीर आफूहरूले अन्य सहयोगीबाट पाएको रिपोर्टसँग अमिल्दो रहेको दावी गरेका छन्। उनीहरूले भारतीय राजदुतसँग आग्रह गरेका छन्, काश्मिरमा राजनीतिक र आर्थिक स्थिरताको रोडम्याप तयार होस्। पत्रमा सबै राजनीतिक बन्दीलाई अविलम्ब रिहा गर्न आग्रह गरिएको छ।

भारतीय राजदुत श्रृंगलाले १६ अक्टुबरमा अमेरिकी सांसदलाई जम्मु–काश्मिरको स्थितिको बारेमा कुरा गरेका थिए।

विदेश मन्त्रालयमा दक्षिण–मध्य एसिया मामिलाका सहायक मन्त्री एलिस जी वेल्सले भनेका छन्– पत्रकारले जम्मु र काश्मिरको विषयमा गहिरो कभरेज गरेका छन्। यसका लागि अन्तर्राष्ट्रिय पत्रकारको भूमिका महत्वपूर्ण रहने गर्छ।

तर, सुरक्षा कारणले पत्रकारहरूले काश्मिर जान थुप्रै चुनौतिको सामना गर्नु परेको छ। हाम्रो विचारमा जब पत्रकार र कांग्रेस सदस्य यस क्षेत्रमा स्वतन्त्ररूपले जान सक्छन्, यसपछि स्पष्ट कुरा बाहिर आउनेछ।

भारतीय राजदुतलाई पत्र लेख्नेमा डेभिड एन सिसिलिन, डिना टिटस, क्रिसी होलाहन, एन्डी लेभिन, जेम्स पी म्याकगोवर्न र सुजन समावेश छन्।

प्रकाशित मिति: : 2019-10-27 17:48:41

प्रतिकृया दिनुहोस्