अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गर्‍यो: सभापति देउवा

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

नेपाल तरुण दलले आईतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने प्रयास गरे त्यस्ता षडयन्त्रलाई निष्तेज पार्नेगरी तयारी अवस्थामा रहन पार्टीका तरुण तथा विद्यार्थीहरुलाई निर्देशन दिए ।

'संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएकाले छl', उनले भने, 'सोही अनुसारको जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउँदै जानुपर्छ ।'

सभापति देउवाले ६६ वर्षअघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरि निरंकुशता लादेको पनि स्मरण गराए ।

प्रकाशित मिति: : 2019-10-27 15:54:08

प्रतिकृया दिनुहोस्