भारतमा हुण्डीको कारोबार गर्ने दुई युवा सात लाखसहित पक्राउ

तस्बिरः बिएल

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारमा सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए। को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ। खिँउजुका अनुसार मोटरसाइकल चालक ज्योतिकुमारका साथमा चार लाख र पछाडि बसेका विक्कीकुमारको साथबाट तीन लाख गरेर सात लाख रुपैयाँ बरामद भएको छ ।

लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती

भारतबाट हुण्डीको रकम लिएर नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई मोटरसाइकल र बरामद भएको रकमसहित आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद भएको रकमको स्रोत खुलाउन नसक्दा गत शुक्रबार साँझ पक्राउ परेका उनीहरूले उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारका एक हुण्डी कारोबारीले पठाएको प्रहरीलाई बताएका छन् ।

सम्बन्धित व्यक्तिले पाएपछि एक लाखको एक सय रुपैयाँ दिने सर्तमा रकम पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खिँउजुको भनाइ छ ।

 

प्रकाशित मिति: : 2019-11-11 17:20:40

प्रतिकृया दिनुहोस्