सुनको मूल्यमा गिरावट, कति छ त बजार भाउ ?

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ।

सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी तोलाको ८७० रुपैयाँ कायम गरिएको थियो।

 

प्रकाशित मिति: : 2019-11-05 12:07:09

प्रतिकृया दिनुहोस्