४ क्यामरासहित लञ्च भयो टिकटक कम्पनीको पहिलो स्मार्टफोन

Photo Credit :: techpp.com

टिकटकको पेरेन्ट कम्पनी बाइटडान्स (Bytedance) ले स्मार्टफोन बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोनसहित कदम राखेको छ । कम्पनीले चीनमा आफ्नो पहिलो स्मार्टफोन स्मार्टिसन जिआंगुओ प्रो ३ (Smartisan Jianguo Pro 3) सार्वजनिक गरेको छ । फोनका प्रोसेसर र क्यामरा दुबै उत्कृष्ट छन् । चीनमा यसको सुरुवाती मूल्य २,८९९ युआन अर्थात् ४९ हजार रुपैयाँ राखिएको छ । यसबाहेक ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ३,१९९ युआन अर्थात् ५१ हजार रुपैयाँ तोकिएको छ भने १२ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ३,५९९ युआन अर्थात् ५७ हजार रुपैयाँ पर्छ ।

चारवटा क्यामरा:

फोनमा क्वाड (चार) रियर क्यामरा सेट दिइएको छ । यसमा ४८ मेगापिक्सलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सलको टेलिफोटो लेन्स र ५ मेगापिक्सलको म्याक्रो क्यामरा दिइएको छ । फोनको प्राइमरी क्यामरा सोनी IMX586 सेन्सरसहित आउँछ । फोनमा सेल्फीका लागि २० मेगापिक्सलको क्यामरा राखिएको छ ।

पावरफुल ब्याट्रिः

पावरका लागि फोनमा 4000mAh को ब्याट्रि दिइएको छ जसले क्विक चार्ज 4+ (18 वॉट) चार्जिङ सपोर्ट गर्छ । यो फोनमा ब्लूटूथ ५.०, वाइफाइ a/b/g/n/ac,जीपीएस, GLONASS ग्यालिलियो र वाइफाइ डायरेकटजस्ता कनेक्टिभिटी विशेषता छन् ।

प्रकाशित मिति: : 2019-11-03 12:40:08

प्रतिकृया दिनुहोस्