बंगलादेशमा बुधबारदेखि सुरूइसिसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समय बिहान ८:४५ बजे बंगलादेशको साभारमा सुरू हुने भएको छ।
उपाधिकोप्रमुख दावेदार टिम भारतीय टोलीमा एशिया कप र आइपीएल खेलेका खेलाडीछन् । यसअघि यू १९ टिमबाट विश्वकप तथा एशिया कप खेलिसकेका खेलाडीलाई समावेश गरेर भारत बङ्गलादेश पुगेको हो।
पछिल्लो सिजन आईपीएलमा खेलेका तिब्र गति बलर कमलेश नगरकोटी, किंग्स-११ पन्जाबको प्रतिनिधित्व गरेका अर्शदिप सिंह र अरमान जाफर टिममा रहेका छन्।
यता नेपालले आफ्ना २ मुख्य खेलाडी पारस खड्का र सन्दिप लामिछाने बाहेकज्ञानेन्द्र मल्लको नेतृत्वमा युवा खेलाडीलाई समेटेर बलियो भारतलाई चुनौती दिन तयार भएको छ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, हङकङ, ओमान र आयोजक बंगलादेश गरि ८ टोलि सहभागी छन्।
सबै टिमले अन्तिम-११ मा ८ जना २३ वर्ष मुनिको तथा ३ जना २३ वर्ष माथिको खेलाडी खेलाउनु पर्नेछ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘बि’ मा भारत, हङकङ र बंगलादेश छन्।
यस्तै समूह ‘ए’ मा श्रीलंका, ओमान, पाकिस्तान र अफगानिस्तान छन्। समूह चरणको खेलपछि दुवै समूहबाट उत्कृष्ट-२ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपालले प्रतियोगिताको पहिलो खेलमा टेस्ट राष्ट्र भारतको सामना गरेपछि दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ। तेस्रो खेल नोभेम्बर १८ मा अर्को टेष्ट राष्ट्र बंगलादेशसँग खेल्नेछ।
प्रतियोगितामा १५ सदस्यीय टोली मध्ये ११ जना खेलाडीहरू २३ वर्ष मुनिको हुनुपर्ने भएकाले नेपालले अधिकांश युवा खेलाडीहरुलाई टिममा स्थान दिएको छ।
पारस खड्का र सन्दिप लामिछाने टि-१० लिग खेल्न युएई पुगेकाले पनि अन्य खेलाडीले मौका पाएका छन्।
नेपाली टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, सन्दिप जोरा, सुशन भारि, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहरा, कुशल मल्ल
भारतीय टिम :- विनायक गुप्ता, आर्यन जुयल, बि.आर. शरथ, चिन्मय सुतर, यश राथोड़, अरमान जाफर, संभिर सिंह, कमलेश नगरकोटी, ऋतिक शोकिन, एसए देसाइ, अर्शदिप सिंह, एस.आर. दुबे, कुमार सुरज, पी रेखाडे, कुलदिप यादव
गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हङकङ, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।
२०१७ मा नेपालले बंगलादेशमा प्रतियोगिता आयोजना हुँदा अन्तिम पटक प्रतियोगितामा सहभागिता जनाएको थियो जुन बेला नेपाल समूह चरणबाट बाहिरिएको थियो।
नेपाल पाकिस्तानसँग ६ विकेटले तथा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो भने हङकङलाई ७ विकेटले पराजित गरेको थियो।