इंग्लिस प्रिमियर लिग: मानेले नाटकीय रुपमा गोल गर्दा लिभरपुल विजयी

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबल खेलको इन्जुरी सयममा साडियो मानेले नाटकीय रुपमा गोल गर्दा लिभरपुल विजयी भएको छ ।

गए राति सम्पन्न खेलमा एस्टन भिल्ला विरुद्ध २–१ गोल अन्तरले लिभरपुल विजयी भएको हो ।

२१ मिनेटमा एस्टन भिल्लाका ट्राजेग्वेटको गोलबाट पछि परेको लिभरपुलले खेल सकिँनै लाग्दा पुनरागमन गरेको थियो ।

नाटकीय पुनरागमनका क्रममा खेलको ८७ औं मिनेटमा रोवर्टसनले गोल गरेर खेललाई एक एकको बराबरीमा ल्याएको थिए । तर रेफ्रिले ह्विसल लगाउन केही सेकेन्ड मात्र अघि मानेले गोल गरे र लिभरपुल विजयी भयो ।

जीतसँगै लिभरपुल शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति: : 2019-11-03 07:59:23

प्रतिकृया दिनुहोस्