पाकिस्तानी प्रधानमन्त्री इमरानले मोदीलाई पत्र लेखेर भने- 'वार्ता गर्न ईच्छुक छु'

पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतीय समकक्षी नरेन्द्र मोदी । फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रवार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ एक पत्र लेख्दै आफु वार्ता गर्न तयार रहेको बताएका छन् ।

आफ्ना भारतीय समकक्षीलाई लेखेको पत्रमा पाक प्रधानमन्त्री इमरान खानले भनेका छन्- 'काश्मिरलगायत सबै मुद्दामा सहज निकासका लागि म नयाँदिल्लीसँग वार्ता गर्न चाहन्छु।'

भारतले सांघाई सहयोग संगठनको शिखर बैठकमार्फत् 'पाकिस्तानसँग वार्ता गर्ने योजना नरहेको र दुई शीर्ष नेताबिच बैठकको कुनै सम्भावना नरहेको' बताएको अर्को दिन इमरान खानले मोदीलाइ वार्ताको ईच्छापत्र पठाएका हुन् ।

दोश्रो कार्यकालका लागि चुनिएका भारतका प्रधानमन्त्रीलाई बधाइ दिँदै पठाएको पत्रमा इमरान खानले भनेका छन्- 'वार्ता मात्र दुई देशका लागल एउटा यस्तो अचुक अश्त्र हो जसले दुवै देशलाई गरिवीबाट पार पाउँन मद्दत गर्ने छ।'
क्षेत्रीय बिकासका लागि पनि दुई देशबिचको सम्वन्ध सुमधुर हुन आवश्यक छ भन्दै पाक प्रधानमन्त्री इमरान खानले पाकिस्तानले काश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको र त्यसका लागि वसेर छलफल गर्न तयार रहेको पत्रमा उल्लेख गरेका छन।

भारतमा मोदी पुन: सत्तामा आएपछि पाकिस्तानले छलफलका लागि गरेको यो दोश्रो आग्रह हो । यसअघि मे २३ मा मोदी दोश्रो कार्यकालका लागि बिजयी भएपछि इमरान खानले ट्वीट गर्दै लेखेका थिए 'म भाजपा तथा सहयोगी पार्टीले चुनावमा पाएको सफलताको लागि प्रधानमन्त्री मोदीलाईबधाइ दिन चाहन्छु, दक्षिण एसियाभित्र शान्ति तथा प्रगतिको लागि मोदीसँग काम गर्न चाहन्छु।'

प्रकाशित मिति: : 2019-06-08 03:44:34

प्रतिकृया दिनुहोस्