चालक दलका सदस्यसहित १३ यात्री सवार भारतीय वायुसेनाको विमान बेपत्ता

तस्बिरः एजेन्सी

आसमको जोरहाटबाट  अरूणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको विमान एएन-३२ सोमबार मध्यान्हबाट बेपत्ता भएको छ।

सेनाका प्रवक्ताका अनुसार विमानमा चालक दलका आठ सदस्य र पाँच यात्री सवार थिए।

प्रवक्ताका अनुसार विमान जोरहाटबाट दिउँसो १२ बजेर २५ मिनेटमा अरूणाञ्चलका लागि उडेको थियो। तर, उडान भरेको केही ‍समयपछि नै विमान सम्पर्क बिहिन भएको थियो।

विमानको दिउँसो १ बजेपछि एयर ट्राफिक कन्ट्रोल अर्थात एटीसीसँगको सम्बन्ध टुटेको थियो।

हराइरहेको विमान खोजिका लागि भारतीय वायुसेनाको टोली खटिएको छ। प्रवक्ताका अनुसार सबै उपलब्ध स्रोत र साधनको प्रयोग गरिएको छ।

यसअघि सन् २०१६ मा पनि भारतीय वायुसेना को एएन-३२ विमान बेपत्ता भएको थियो।

यसैबीच रक्षा मन्त्री राजनाथ सिंहले हराइरहेको विमानको विषयमा जानकारी लिन एयर मार्शल राकेश सिंह भदौरियासँग कुराकानी गरेका थिए।

 

प्रकाशित मिति: : 2019-06-03 17:28:10

प्रतिकृया दिनुहोस्