भारतको महिला क्रिकेटमा ‘म्याच फिक्सिङ’ को आशंका

Agency

भारतीय क्रिकेटमा एकपल्ट फेरि खेल मिलेमतोले चर्चा चुलिएको छ। तर, यति बेला मिलेमतो पुरुष क्रिकेटमा नभई महिला क्रिकेटमा भएको बताइएको छ।

महिला क्रिकेटमा खेल मिलेमतो गर्ने उद्धेश्यले इंग्लिस टिमसँग सम्पर्क बनाएको भारतीय अखबारहरूले जनाएका छन्।

तमिलनाडु प्रिमियर लिग (टिएनपिएल) का प्रशिक्षक तथा पदाधिकारीलाई खेल मिलेमतो गरेको आरोप लागेको हो।

पाकिस्तानमा डेन्टल पढिरहेकी एक हिन्दु युवतीको हत्या

भारतीय महिला क्रिकेट टिमले यसै वर्षको सुरुवातमा इंग्ल्यान्डविरूद्ध घरेलु शृंखला खेल्ने क्रममा मिलेमतोको प्रयास गरेको बताइएको छ। सोमबार भारतीय क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी समितिले दुईविरूद्ध मुद्धा दर्ता गर्न भनेको छ। यसको पुष्टी राजस्थानका पूर्व डिजिपी तथा बोर्ड एसियूका प्रमुख अजितसिंह शेखावतले पुष्टी गरेका छन्।

आइसिसीले पनि यस विषयलाई गम्भीरताका साथ लिँदै बोर्डलाई अवगत गराएको थियो।

बेङ्लोर प्रहरीले राकेश बाफना र जितेन्द्र कोठारीविरूद्ध मुद्धा दायर गरेको बताएको छ।

प्रकाशित मिति: : 2019-09-17 18:35:41

प्रतिकृया दिनुहोस्