मोदी सरकारको पहिलो निर्णयः सबै किसानलाई ३ हजार रूपैयाँ पेन्सन

तस्बिरः एजेन्सी

नरेन्द्र मोदी नेतृत्वको नयाँ सरकारले किसानहरूलाई ३ हजार रूपैयाँ पेन्सन दिने निर्णय गरेको छ।

शुक्रबार बसेको नवनियुक्त सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको दायरा बढाउँदै सबै साना–ठूला किसानका बैंक खातामा हरेक वर्ष ६ हजार रूपैयाँ राखिदिने निर्णयसमेत गरेको छ।

यो योजनामा पहिले २ हेक्टरसम्म खेत भएका किसानले मात्र सहभागी हुन पाउँथे।

प्रधानमन्त्री किसान सम्मान निधि योजनाअनुसार १८ देखि ४० वर्षसम्मका किसानले निश्चित रकम योगदान गर्नुपर्नेछ र त्यति नै रकम सरकारले दिनेछ। तिनै किसान ६० वर्ष पूरा भएपछि ३ हजार रूपियाँ मासिक पेन्सनका रुपमा पाउनेछन्।

अब यसबाट १४.५ करोड किसानले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

प्रकाशित मिति: : 2019-06-01 12:26:48

प्रतिकृया दिनुहोस्