श्रीलंकाका १० शीर्ष खेलाडी पाकिस्तान नजाने निर्णयले निरास शोएब अख्तर

Agency

पाकिस्तानका पूर्व तीब्रगतिका बलर शोएब अख्तर श्रीलंकाका १० खेलाडीले पाकिस्तानमा क्रिकेट नखेल्ने गरेको निर्णयप्रति निरास छन्।

श्रीलंका ३ एकदिवसीय र टि–२० शृखलाका लागि पाकिस्तानको भ्रमणमा निस्किँदै छ। शोएबले ट्वीट गर्दै भने, ‘म निरासा छु। १० खेलाडीले पाकिस्तान भ्रमणबाट आफ्नो नाम फिर्ता लिएछन्। पाकिस्तानले जहिल्यै पनि श्रीलंकाली क्रिकेटलाई समर्थन गरेको छ। हालै इस्टरमा श्रीलंकामा आतंकवादी हमला हुँदा पनि हामीले युथ–१९ टिम पठाएका थियौं।’ 

२३ वर्षपछि होला त चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण?

अस्ट्रेलिया र वेष्ट इन्डिजले पनि १९९६ को विश्व कपमा पाकिस्तानमा गएर खेल्न अस्विकार गरेका थिए।

लासिथ मालिङ्गा, एञ्जेलो म्याथ्युज, दिनेश चण्डीमल, सुरंगा लकमल, दिमुथ करुणारत्ने, थिसारा परेरा, अकिला धनञ्जय, धनञ्जया डि सिल्वा, कुसल परेरा र निरोशन डिकवेलासहित श्रीलंकाका शीर्ष खेलाडीले २७ सेप्टेम्बरदेखि सुरु हुने भ्रमणबाट आफ्नो नाम फिर्ता लिएका छन्।

प्रकाशित मिति: : 2019-09-12 16:45:27

प्रतिकृया दिनुहोस्