भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रमजानको अवसर पारेर साउदीको जेलमा रहेका आठसय ५० भारतीयलाई जेलमुक्त गराएको बताएका छन।
भारतको कठीपुरमा चुनावी सभामा सम्वोधन गर्दै आफुले साउदी सरकारसँग कुराकानी गरेर साउदी जेलमा सजाय भोगिरहेका उनीहरुलाइ मुक्त गराएको बताएका हुन।
चुनावी सभामा सम्वोधन गर्दै मोदीले अगाडि बताए 'साउदी अरवमा कामको सिलसिलामा पुगेका आठसय ५० भारतीय थुनामा रहेका थिए।साउदी राजकुमार भारत भ्रमणमा आएका वेला मैले आग्रह गरेकै कारण साउदी सरकारले रमजान अगाडि जेल मुक्त गराएको हो।'