ओली सरकारको नीति तथा कार्यक्रममा २१ पटक 'मेरो सरकार' : राजतन्त्रको झल्को !

ओली सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले राजतन्त्रको झल्को दिएको अनुभूति गरिएको छ। पञ्चायतमा राजाले पढ्ने नीति तथा कार्यक्रमजस्तै नीति तथा कार्यक्रममा २१ पटक मेरो सरकार भनिए पछि यो सरकार कसको हो भन्ने प्रश्न उठेको छ। 

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले यो सरकार राष्ट्रपतिको हो भन्ने अर्थ लाग्छ। त्यसैले धेरैले सार्वजनिक रूपमै यो कस्को सरकार भन्ने प्रश्न उठाएका छन्। मेरो सरकार भनेर नीति तथा कार्यक्रम प्रस्तुत भएपछि यो नीति तथा कार्यक्रम राष्ट्रपतिको हो कि प्रधानमन्त्रीको भन्ने प्रश्न पनि उठेको छ। 

यसरी प्रश्न उठाउनेमा प्रमुद प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि अग्रपंक्तिमा रहेका छन् । उनले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सा गर्दै भनेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार  ?’ 

'कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार'´ भनेर सम्बोधन गर्थे । आज रास्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?' प्रवक्ता शर्माले प्रश्न गरेका छन्।

यसैगरी कांग्रेस सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्वोधनमा मेरो सरकार भनिएकोमा आपत्ति प्रकट गरेका छन्। उनले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा ‘मेरो सरकार’ भनेर घुसाइएको शव्द ब्लण्डर भएको प्रारम्भिक प्रतिकृया दिएका छन् । उनले यो 'ब्लन्डर' कसले गरेको त्यो सरकारले प्रश्ट पार्नुपर्ने बताए ।

राष्ट्रपति र सरकार कसको नीति तथा कार्यक्रम भनेर छुट्याउन नसकिएको भन्दै थापाले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको बताए।

४६ पेजको नीति तथा कार्यक्रममा सरकारको रामराज्य बनिसकेको जस्तै प्रस्तुति भएको भन्दै नीति तथा कार्यक्रम टेक्ने आधार नै नभएको पनि उनले बताए।। उनले अगाडि भने- यसमा नयाँ केही छैन यो आत्मप्रशंसाको पुलिदन्दा मात्र हो ।

प्रकाशित मिति: : 2019-05-03 19:04:47

प्रतिकृया दिनुहोस्