‘पुटिन–किम भेट द्विपक्षीय सम्बन्ध विस्तार र कोरियाली प्रायद्वीप समस्यामा केन्द्रित रहने’

तस्बिरः एजेन्सी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका उच्च नेता किम जोङ–उनबीचको भेटवार्ता द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने बिषयमा केन्द्रित रहने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भने, ‘छलफलका बिषयहरू धेरै बृहत् छन् । सर्वप्रथम यहाँ हामीले दुई छिमेकी मुलुकका प्रमुखबीच जोडिएका बृहत् सीमाका विषयमा छलफल हुनेछ।’

‘रूसले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरणका लागि आफ्नो पूर्ण क्षमताको प्रयोग गर्नेछ,’ उनले बताए।

नेता किमले अप्रिलको अन्त्यसम्ममा रूस भ्रमण गर्नेबारे क्रेमलिनले बिहीबार जानकारी गराएको थियो। यो पुटिन र किमबीचको पहिलो औपचारिक भेटघाट हो।

प्रकाशित मिति: : 2019-04-19 23:49:54

प्रतिकृया दिनुहोस्