जनगुनासो आएपछि उपत्यकामा पेट्रोल पम्पको अनुगमन

तस्बिरः एजेन्सी

काठमाडौँ महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ । 

हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । 

कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरी अनुगमन गरिएको हो ।  
    
समितिले ल्याएको अनुगमन प्रतिवेदनका आधारमा बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने उनले बताए । 

प्रकाशित मिति: : 2019-05-22 16:13:20

प्रतिकृया दिनुहोस्