सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा

तस्बिरः बिबिसि

पहिलो पल्ट नेपाल सरकार आफैँले गर्न लागेको सगरमाथाको उचाइ मापन कार्यका लागि नापी विभागको प्राविधिक टोली सर्वोच्च शिखरको चुचुरोमा पुगेको छ।

प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की बिहान ३:१५ मा चुचुरोमा पुगेका थिए।

उनीहरूले भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएसएस) उपकरण राखेको विभागका निर्देशक दामोदर ढकालले बताए।

ढकालले भने: "वहाँहरूले चुचुरोमा झण्डै आधा घण्टा समय बिताएर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ।"

पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले 'विशेष अनुकुल मौसम' पर्खेर नापी अधिकृतहरू अन्य आरोहीको चाप नहुने समयमा चुचुरोमा पुगेको बताइन्।

प्रकाशित मिति: : 2019-05-22 13:48:39

प्रतिकृया दिनुहोस्