'प्रमुख दुई पार्टी भ्रष्ट मात्रै होइन, महाभ्रष्ट छन्'

तस्बिरः थाहा खबर

जेठ ५, २०७६ धनगढी : साझा विवेकशील पार्टीका संयोजक हुन् रवीन्द्र मिश्र। राष्ट्रिय दल बन्ने भन्दै गएको निर्वाचनमा चुनावमा होमिएको उनको पार्टी अन्ततः राष्ट्रिय दल बन्नबाट चुक्यो।

झिनो मतले राष्ट्रिय दल बन्नबाट रोकिएको भन्दै आगामी निर्वाचनमा बाजी मार्ने मिश्र दाबी गर्छन्। केही समय सेलाएका मिश्र र उनको पार्टी पछिल्लो समय सक्रिय बनिरहेको छ। मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता रहेको भन्दै उनीहरू अहिले देश दौडाहमा छन्।

मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गरेको उक्त पार्टी यस्तै गतिविधिहरूबाट जनतामाझ लोकप्रिय बन्ने दाउमा छ। राष्ट्रिय दलसमेत बन्न नसकेको एउटा पार्टीले चलाएको भ्रष्टाचारविरुद्धको महाअभियान कति औचित्यपूर्ण छ त?

यिनै विषयवस्तुमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रसँग थाहा खबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

मुलुकमा भ्रष्टाचार बढिरहेको छ। यस्तो अवस्थामा भ्रष्टाचारविरुद्धको अभियान थालनी गर्नुभएको छ। सम्भव छ त नेपालबाट भ्रष्टाचारको अन्त्य?

प्रकाशित मिति: : 2019-05-20 00:11:07

प्रतिकृया दिनुहोस्