टुटलका चालकले युवती पछ्याएपछि...

तस्बिरः नागरिक

जेठ २गते रीना (नाम परिवर्तन) नक्सालबाट उनको घर पानीपोखरी जान टुटल बोलाइन। समय दिनको ३ बजेको थियो। उनी घर त पुगिन तर उनलाई टुटलका चालकको तारन्तर फोन र म्यासेजले हैरान बनाएको छ।

३ गते शुक्रबार बेलुकी त्यही टुटल चालकको नम्बरबाट उनलाई फेरी म्यासेज आयो। त्यस्ता म्यासेजहरु एकपटक होइन पटकपटक आइरहे। अत्ति नै भएपछि उनले टुटलाई एप्लिकेसन मार्फत उजुरी गरिन। यद्यपि टुटलले उनलाई न त कुनै प्रतिक्रिया दियो न त आश्वासन नै।

‘त्यो चालकले साथी बन्ने भन्दै मेरो फेसबुक प्रोफाइल मागिरहेको छ’ उनले नागरिकसँग भनिन्। उनले अहिलेसम्म आफ्नो परिवारलाई यो विषयमा सुनाएकी छैनन्। आफ्नो कारणले परिवारलाई दुख दिन नचाहेको उनको भनाइ छ।

यो एउटा प्रतिनिधी घटना मात्र हो। त्यसो त काठमाडौंको जाम र अस्तव्यस्तताको समयमा टुटल, पठाओलगायतले मोटरसाइकलमा सशुल्क यातायात सेवा प्रदान गरिरहेका छन्। यसमा  विशेष गरी युवाहरुको आकर्षण राम्रै देखिएको छ। यद्यपि पछिल्लो समय महिलाहरुले मोटरसाइकल सेयरिङमा समस्या रहेको समेत बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2019-05-18 23:10:28

प्रतिकृया दिनुहोस्