आइजीपी खनाल–डोभाल गठजोडमा सन्देह, गृहमन्त्री र सचिवबीच छलफल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्रिय सुरक्षा प्रमुखहरुको बैठकमा पाकिस्तानलाई ‘आतंककारीको संरक्षक राष्ट्र’ का रुपमा प्रस्तुत गर्ने भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा जनाएको सहमती सल्ट्याउन परराष्ट्र र गृह मन्त्रालयले गृहकार्य थालेका छन्।

दुवै मन्त्रालयले महानिरीक्षक खनालबाट कसरी उक्त निर्णय हुन गयो भनेर आन्तरिक छानबिन समेत गरिरहेका छन्। यो विषयमा केही दिनअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सचिव प्रेमकुमार राईबीच छलफल भएको छ।

मन्त्री र सचिवबीच यो विषयमा छलफल भएसँगै महानिरीक्षक खनालले एक्लै चालेको सो कदम झन् सन्देहको घेरामा परेको छ।

प्रकाशित मिति: : 2019-05-14 16:49:33

प्रतिकृया दिनुहोस्