राष्ट्रवाद हाम्रो प्रेरणा, सुशासन हाम्रो मन्त्रः मोदी

तस्बिरः एजेन्सी

भारतीय प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले राष्ट्रवाद आफ्नो प्रेरणा र सुशासन आफ्नो मन्त्र भएको बताएका छन्।

पार्टीको घोषणापत्र सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले गत पाँच वर्ष भाजपालाई सहयोग गरिदिएको भन्दै आम नागरिकलाई धन्यवाद पनि दिए।

पाँच वर्षको विजेपी सरकारको सफलता र अनुभवका आधारमा नयाँ घोषणापत्र बनाइएको उनले जानकारी दिए।

प्रमुख प्रतिस्पर्धी भारतीय राष्ट्रिय काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको धेरैदिनपछि मोदीले नयाँ दिल्लीको दिनदयाल उपाध्याय मार्गमा रहेको पार्टी केन्द्रीय कार्यालयमा विषेश कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरे।

उनले भने, ‘राष्ट्रवाद हाम्रो प्रेरणा हो भने हाम्रा योजना कार्यान्वयन गरी सुशासन दिने हाम्रो मन्त्र हो’,‘हाम्रो समाज बहुसांस्कृतिक छ, यहाँ सवैलाई एउटै व्यवहारले हँदैन, त्यसैले हामीले अवस्था र आवश्यकता हेरेर फरक फरक खालका कार्यक्रमहरु लागु गर्नेछौँ,’ उनको भनाई थियो। उनले घोषणापत्रमा मुख्य समस्याहरुको समाधानका उपाय तथा योजनाहरु उल्लेख गरेको बताउदै निर्धारित समयमै ती योजनाहरु कार्यान्वयन गरिने दावी पनि गरे।

आफूहरु एक लक्ष्य एक दिशाका साथ हामी अगाडी बढेको प्रधानमन्त्री मोदीले जानकारी दिए। सन् २०४७ मा भारत स्वतन्त्रता भएको एक सय बर्ष पूरा हुने स्मरण गर्दै उनले त्यसको अनुभूति सन् २०१९ देखि २०२४ सम्मको कार्यकालमा गराउने प्रतिबद्धता जनाए।

घोषणापत्र सार्वजनिक कार्यक्रममा भाजपाका अध्यक्ष अमित शाह, संयुक्त मन्त्री सुष्मा स्वराज र अन्य बरिष्ठ नेताहरु सहभागी भएका थिए । चुनावी घोषणापत्रलाई भाजपाले ‘संकल्प पत्र’ भनेको छ । भारतमा यही अप्रिल ११ देखि मे १९ तारिखसम्म गरी सात चरणमा देशभरी लोकसभा निर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति: : 2019-04-09 00:49:09

प्रतिकृया दिनुहोस्