सगरमाथा नाप्ने ४ सदस्यीय नेपाली टोली बुधबार लाग्दैछ आधार शिविरतिर

नेपालले पहिलोपटक यस वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्दैछ। उचाई नाप्ने अभियानमा चार सदस्यीय नेपाली टोली यही अप्रिल १० तारिख बुधबार सगरमाथा आधार  शिविरतर्फ प्रस्थान गर्ने भएको छ। 

सगरमाथा उचाई मापन टोलीको नेतामा खिमलाल गौतम र सदस्यमा रविन कार्की रहेका छन्। यसैगरी आधार शिविर सदस्यमा सुरज सिंह भण्डारी र युवराज धिताल रहेका छन्। टोलीले सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथाको आरोहण गर्ने छ। 

टोली नेता गौतम प्रमुख सर्भेयर हुन् भने नेपाली सर्भेयर हुन्। विगत १५ वर्षदेखि भूमापन कार्यमै संलग्न गौतमसँग हिमाल आरोहणको अनुभव समेत रहेको छ। यसैगरी टोलीमा रहेका  भण्डारी सर्भेयर हुन् भने धिताल सहायक सर्भेयर हुन्। उनीहरूले आधार शिविरमा रहेर सगरमाथाको उचाई नाप्न सहयोग गर्ने छन्। 

सगरमाथा उचाई मापन तथा आरोहणको व्यवस्थापन पिक प्रमोसनल प्रा लि ले गर्ने भएको छ। यसका लागि उसले ४५ लाख रूपैया लिएको छ। यसका लागि ६० लाख बजेट बिनियोजन गरिएको थियो। 

नापी विभागको भूमापन महाशाखामा सगरमाथा उचाई मापन सचिवालय नै स्थापना गरेर नेपालले पहिलो पटक नेपालले आफ्नै बलबुता र प्राविधिकको प्रयोग गरेर सगरमाथाको उचाई नाप्न लागेको हो। यसबाट सगरमाथाोको उचाईलाई लिएर उठिरहेका प्रश्नहरूको हल हुने अपेक्षा लिइएको छ।  

प्रकाशित मिति: : 2019-04-08 21:18:10

प्रतिकृया दिनुहोस्