आईसीसी टी २० वरियता: ब्याटिङतर्फ पारसले धोनी र गेललाई पनि पछारे

बिएल

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी २० क्रिकेटको खेलाडी वरियता अन्तर्गत अलराउण्डरतर्फ नेपालका सोमपाल कामी र करण केसीको वरियतमा सुधार गरेका छन्।

आईसीसीले सार्वजनिक गरेको अलराउण्डरको नयाँ वरियतामा सोमपाल ७ स्थान उक्लिँदै ६० औं स्थानमा पुगेका छन्। यस्तै करण ८४ औं स्थानमा उक्लिएका छन्। यस अघि सोमपाल ६७ औं र करण ८८ औं स्थानमा रहेका थिए।

यस्तै पूर्वकप्तान पारस खड्काको अलराउण्डर तर्फको वरियता पनि खस्किएको छ। अलराउण्डरमा पारस ३३ औं स्थानमा झरेका छन् । यसअघि पारस ३२ औं स्थानमा रहेका थिए।

ब्याटिङतर्फ पारस खड्का यथावत रहेका छन् । पारस ५५ औं स्थानमा छन्। पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन्। धोनी ७८ र गेल ८४ औं स्थानमा रहेका छन्।

यस्तै बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछानेको वरियतामा तल झरेका छन्। यता बलिङतर्फ करण शीर्ष १०० बाट बाहिरिएका छन्।

नयाँ वरियतामा सन्दीप ९ स्थान तल झर्दै ७८ औं स्थानमा पुगेका छन्। अघिल्लो पटक सन्दीप ६९ औं स्थानमा रहेका थिए।

सोमपाल कामी ९५ औं स्थानमा झरेका छन् ।यसअघि सोमपाल ८५ औं स्थानमा रहेका थिए।

 

 

 

 

प्रकाशित मिति: : 2019-11-18 16:11:38

प्रतिकृया दिनुहोस्