सचिन तेन्दुलकरको टिमसँग पूर्वकप्तान विनोद दासको टिम पराजित (तस्बिरहरू)

बिएल

चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरको टिमले नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमलाई पराजित गरेको छ।

शनिबार काठमाडौंको कीर्तिपुर मैदानमा भएको खेलमा  सचिनको टोलीले दासको टोलीलाई ६ विकेटले पराजित गरेको हो। दास नेतृत्वको टोलीले दिएको ४५ रनको चुनौति सचिन नेतृत्वको टोलीले ६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायाे। 

सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे विनाेदकाे टाेलीले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएकाे थियाे ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका उनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलेका हुन्।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई शुक्रबार नेपाल बोलाएको हो ।

भारतमा सचिनलाई क्रिकेटको भगवान मान्ने गर्छन । विश्व क्रिकेटमा बनेका अधिकांश क्रिकेटका कीर्तिमान सचिनकै नाममा छन्। सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी मानिन्छन्।

प्रकाशित मिति: : 2019-11-16 12:53:07

प्रतिकृया दिनुहोस्