चितवनमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

भरतपुर महानगरपालिका–१, रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

गएराति ना १५ प ५१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। उनको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।

प्रकाशित मिति: : 2019-11-16 10:44:35

प्रतिकृया दिनुहोस्