सन् १८१६ काे सुगौली सन्धिले नदीको मुहान कहाँ हो भनेर किटेको त थिएन तर सन्धि गर्नुभन्दा एक–दुई महिनाअघि नै ‘ग्रेट ब्रिटेन’ सम्राटको तर्फबाट एक जना हाइड्रोग्राफरले महाकाली नदीको उद्गमदेखि त्यसको बहावसम्बन्धी नक्सांकन गरेका थिए । त्यसले लिम्पियाधुरालाई नै महाकाली नदीको उद्गम देखाएको थियो । त्यसपछि पनि सर्भे अफ इण्डिया, इङ्गल्याण्डको सर्भे, चीनका सर्भेहरूले सन् १८६० सम्म जुन नक्साहरू निकाले, ती सबैले लिम्पियाधुरालाई नै महाकाली (काली) नदीको उद्गम मानेको छ ।
सन् १८६० पछि भारतले काली नदीलाई स्थानीय सौका जातिको भाषामा अनुवाद गरेर कुटियाङ्दी लेखेको पाइन्छ । कुटियाङ्दी भनेको सौका भाषामा काली नदी नै हो ।
नेपाल–भारतको सिमाना खुला नै रहेकोले ती क्षेत्रमा सीमा सुरक्षाको व्यवस्था बाक्लो गरिने कुरा भएन । फेरि त्यो धेरै पहाडी विकट र आवादी कम भएको क्षेत्र हो । त्यसैले प्रशासनको ध्यान पनि कम गयो । सुरक्षाको पनि ध्यान कम पुग्ने स्थिति भयो । यत्ति हुँदाहुँदै पनि २०१८÷१९ सालसम्म त्यो क्षेत्र निर्वाध रूपले नेपालकै प्रशासनभित्र थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया